Friday , December 15 2017
Home / PaperPublished / कमल थापालाई गृहजिल्ला प्रवेश निषेधको घोषणा – नागरिक दैनिक

कमल थापालाई गृहजिल्ला प्रवेश निषेधको घोषणा – नागरिक दैनिक

संविधान सभा निर्वाचनमा चौथो शक्तिको रुपमा उदाएको रापपा नेपालमा नामावली सिफारिससागै किचलो, असन्तुष्टि र र बिरोध मात्र भएन पार्टी अध्यक्ष कमल थापालाई नै गृह जिल्ला मकवानपुर प्रवेश निषेधको घोषणा गरिएको छ।

चुनावी परिचालनको उद्देश्य राखेर एक वर्षअघि आफैंले गठन गरेको राष्ट्रिय युवा मोर्चाले जिल्लामा आन्दोलन चर्काइरहेका छन् भने अप्ठयारोमा सघाउने गृहजिल्लाका कार्यकर्ता तथा समानुपातिक उम्मेदवारहरु मौन बसिदिएका छन्। युवा मोर्चाले अध्यक्ष थापालाई निर्णय नसच्याए जिल्ला प्रवेशमै रोक लगाउने घोषणा गरेको छ।
मकवानपुरबाट मुलुकमै तेस्रो स्थानमा आउनेगरी २८ हजार मत पाए पनि आफूबाहेक अन्य उम्मेदवारलाई सिफारिस नगरेको भन्दै आन्दोलित युवाले विरोधको कार्यक्रम घोषणा गरेका हुन्। आइतबारबाट आन्दोलित युवाले सोमबार जिल्लास्थित पार्टी कार्यालयका महत्वपूर्ण कागाजात, टेबुल कुर्सी र सूचना बोड जलाएका छन्। कालोपट्टी बाधेर उनीहरुले जिल्ला पार्टी कार्यालयमा धर्ना दिएका छन्। पूर्व सहमतिअनुसार स्थानीय कम्तीमा एक सभासद पाउनुपर्ने माग गर्दै उनीहरुले धर्ना दिइरहेका हुन्।
धर्नापछि मोर्चाका जिल्ला उपाध्यक्ष सनितलाल श्रेष्ठले भने, ‘विनम्रतापूर्वक केन्द्रीय अध्यक्षलाई भन्छु, २८ हजार  मतको कदर गर्नुहोला। अरु नेताको नातागोता र इस्टमित्रलाई होइन, अप्ठयारोमा साथ दिने कार्यकर्ताको मूल्यांकन होस्,’ उनले  भने, ‘होइनभने तपाँईलगायत केन्द्रीय नेतलाई कालोझण्डा देखाउँछौ। जिल्ला प्रवेश रोक लगाउँछौ।’  उनले कतिपय जिल्लाकै २ जना, कतिपय जिल्लाका २/ ५ सय मत ल्याएकाहरु परेकोमा गुनासो गरे। कोणसभामा मोर्चाका उापध्यक्ष श्रेष्ठ, नगर अध्यक्ष दिनेश लामा, महिला संगठनकी नगर सचिव विमला रेग्मी, विद्यार्थी संगठनका प्रकाश चौलागाईँलगायतले मकवानपुर जनताको भावनाको कदर गर्नुपर्ने माग गरेका थिए।
मुलुकभरबाट विरोध आइरहँदा थापाकै गृहजिल्लाको पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी भएको हो। माग सुनुवाई नभए कालाझण्डा देखाउने र प्रवेश रोकसमेत लगाउने उपाध्यक्ष श्रेष्ठले बताए |
मकवानपुरबाट समानुपातिकमा राप्रपा नेपालले २८ हजार २ सय ४१ मत प्राप्त गरेर तेस्रो स्थान ओगटेको थियो । आफैं समानुपातिकमा बसेका अध्यक्ष थापाले आफू देशैभरको मतले सभासद हुने भन्दै मकवानपुरमा २० हजार बढी भोट आएमा एक सिट दिने घोषणा सार्वजनिक रुपमै गरेका थिए। २८ हजार मत आउँदा पनि एक जनसमेत नसमेटेपछि मकवानपुरका कार्यकर्ता रुष्ट बनेका हुन्। मकवानपुरबाट समानुपातिकको बन्दसूचीमा मधु अधिकारी, नवराज विष्ट, सुर्यबहादुर रुम्बा, सीता अधिकारी, रमा राना, विमला लामा, शेरबहादुर भ्लोन, उर्मिला लामा, गोविन्द रिजाल र रामहरि न्यौपाने थिए। उनीहरु आफैंले बोलेको नपुर्‍याएको भन्दै असन्तुष्टि जनाएका छन्।
थापाले आफू बाहेक सबै केन्द्रीय पदाधिकारीलाई प्रत्यक्ष चुनाव लडाएका थिए। पार्टीका सहअधयक्ष पद्मसुन्दर लावती र उनका छोरा सगुन लावती चुनाव हारेपछि बुहारी बबिना मोक्तान लावती समानुपातिकबाट सभासद भएका छन्। वरिष्ठ नेता केशरबहादुर विष्टले लतिपुरबाट हारेपछि उनका छोरा विराज विष्टलाई सभासद भएका छन्। सहायक कोषाध्यक्ष तारानाथ लुइँटेलकी पत्नी सीता लुइँटेल र पूर्ववडागुरुज्यू माधव भट्टराईकी पत्नी  कान्ता भट्टराई पनि सभासद बनेका छन्।
पार्टीमा योगदान गर्नैका सट्टा नातागोतामा सभसद बनाएके भन्दै थापाको तीव्र विरोध भएको छ। वरिष्ठ नेता विष्ट, सहअध्यक्ष लावती र अन्य केही नेतालाई फकाउन सफल भए पनि अप्नै स्वजनलाई उनले रिझाउन सकेका छैनन्। गृहजिल्लामा चर्को अन्दोलन छ भने पूवमहामन्त्री टंक ढकाल, शाहीकालीन सहयात्री मन्त्री निरन्जन थापा, प्रवक्त गोविन्द खनियाँलगायत नेता नपर्दा असन्तुष्ट छन्। केन्द्रीय सदस्य तथा उनका निकटमा मधु अधिकारी र जनआन्दोलनपछि जिहजिल्लामा पार्टीको अवस्था सुधार्न मेहनत गरेका नवराज विष्ट फालिएका छन्।

Comment