Saturday , December 16 2017
Home / Prawas / कतार जान लाग्ने खर्च मुख्य कम्पनी आफैंले बेहोर्नुपर्ने

कतार जान लाग्ने खर्च मुख्य कम्पनी आफैंले बेहोर्नुपर्ने

कतारले विश्वकपसँग सम्बन्धित बृहत् आयोजनामा काम गर्ने कामदारको सम्पूर्ण लागत खर्च मुख्य कम्पनी आफैंले बेहोर्नुपर्ने व्यवस्था मिलाएको छ । सुप्रिम कमिटी फर डेलिभरी एन्ड लेगसीले कामदारको हितका लागि कल्याणकारी मापदण्ड जारी गर्दै यस्तो व्यवस्था मिलाएको हो । उसले कामदार ल्याउने प्रक्रियामा पनि मुख्य कम्पनी आफैं संलग्न हुनुपर्नेमा जनाएको छ ।geography-of-qatar0

‘कामदार ल्याउँदा म्यानपावर कम्पनीले कामदारसँग असुल गरेको उजुरी परेमा त्यो खर्च मुख्य कम्पनीले फिर्ता दिनुपर्छ,’ मापदण्डमा भनिएको छ । यसबाट निर्माण क्षेत्रमा आउने कामदारहरूलाई ठूलो राहत मिल्ने भएको छ । नेपाली दूतावासका एक अधिकारीले यस्तो कदम निकै सकारात्मक भएको बताए ।

विश्वकपसँग सम्बन्धित बृहत् आयोजनाहरूमा झन्डै १० लाख कामदारको आवश्यकता रहेको अधिकारीहरूले बताएका छन् । जसको मुख्य स्रोत नेपाल भएको यहाँको कम्पनीहरू बताउँछन् । यो वर्षमा मात्रै एक लाख कामदार चाहिएको उनीहरूको अनुमान छ ।

यहाँको श्रम ऐनअनुसार कतारमा काम गर्न आउने कामदारले लागत खर्च बेहोर्नु पर्दैन । भिसा र टिकट खर्च कम्पनीले नै बेहोर्नुपर्नेमा त्यसलाई अझ कडाइ गरिएको हो । एउटा कामदार ल्याउनका लागि कम्पनीले म्यानपावर सेवा शुल्क र कामदारको खर्च गरी ४ सय ५० डलरसम्म लगानी गर्नुपर्ने हुन्छ

Comment