Friday , December 15 2017
Home / Australia / कतारमा भएको श्रम शोषणको अस्ट्रेलियामा विरोध (फोटो फिचर)
कतारमा भएको श्रम शोषणको अस्ट्रेलियामा विरोध (फोटो फिचर)

कतारमा भएको श्रम शोषणको अस्ट्रेलियामा विरोध (फोटो फिचर)

कतारमा नेपाली कामदार माथि भएको श्रम शोषणको विरुद्धमा  अष्ट्रेलियाको सिड्नी र मेलवर्नमा प्रदर्श भएको छ । अक्टोवर २६ शनिवार सिड्नीको टाउनहलमा भेला भएका नेपालीहरुले श्रमिक अधिकारको पक्षमा नारा लगाउादै शहरको विभिन्न भागको परिक्रमा गरेका थिए । यस्तै आइतवार मेलवर्नको स्टेट लाइवेरी अगाडि भेल भएका मेलवर्नबासि नेपालीले कतारमा नेपाली माथि भएको श्रम शोषणको विरोध गरे । सिड्नी कार्यक्रम संयोजक मोनिका रन्जितकारका अनुसार कतारमा नेपाली श्रमिक दाजुभाइहरुमाथि भैरहेकाको शोषण विरुद्ध संसारभरिबाट दबाब सृजना गर्न उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यसअघि अमेरिका र बेलायतमा यस्तै विरोध प्रदर्श भैसकेको छ । यी  विरोध कार्यक्रममा स्थानीय ट्रेड युनियनहरुले पनि सहभागिता जनाएका थिए ।नेपाली समुदायका अगुवा डा. नारायण प्रधान लगायत सिड्नीका नेपाली संचारमाध्यम र युवा पुस्ताको उपस्थिति रहेको थियो । प्रधानले नेपाली कामदारहरु माथि पक्षपात र अन्याय भएको बताए ।उनले कतारजस्तो समृद्ध देशमा यसरी श्रमशोषण गरिनु अनुचित कार्यभएको बताए । बेलायती पत्रिका द गार्जियनले कतारमा बंगलादेशी र नेपाली कामदारहरुको पासपोर्टखोसेर अमानवीय काममा लगाएको भन्दै रिपोर्टप्रकाशित गरेपछि अमेरिका, बेलायतपछि अष्ट्रेलियामा प्रदर्श भएको हो । विरोधमा सहभागी ट्रेड युनियनका स्थानीय नेताहरुले फिफाले विश्वकप फुटबल आयोजना गरिरहेको अवस्थामा कामदारहरुमाथि गरिएको यसप्रकारको श्रम शोषण नितान्त अनुचित भएको धारणा राखेका थिए । उनीहरुले विश्वकपमा समेत फिफाले पुनविचार गर्नपर्न समेत धारणा राखे ।सामाजिक सर्जालका आधारमा सिड्नीमा यस प्रकारको विरोध आयोजना गरिएको हो ।

Comment