Thursday , September 20 2018
Home / Entertainment / कट्रिनाले स्वीकारिनन् रणवीरको बिहे प्रस्ताव

कट्रिनाले स्वीकारिनन् रणवीरको बिहे प्रस्ताव

बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री कट्रिना कैफले आफ्नो अफेयर्सका बारेमा जति लुकाउन खोज्छन्, त्यति नै उनीहरूको सम्बन्धले बाहिर चिहाइरहेको हुन्छ। उनीहरूको अफेयर्सलाई प्रस्ट पार्ने घटना एकपछि अर्को गर्दै सार्वजनिक हुँदै आएका छन्।

kat-ranbir-kapoor-and-katrina-kaif-16392921-700-1056बलिउडको यो हट कपलले आफूहरूबीचको अफेयर्सलाई अस्वीकार गरिरहेकै बेला हालै रणवीरले कट्रिनालाई गरेको विवाह प्रस्तावको खबर बाहिर आएको छ। कट्रिनाले भने अहिलेलाई बिहेको प्रस्ताव अस्वीकार गरेको खुलासा भएको छ। कट्रिनाले अहिले आफ्नो करिअरलाई मात्र फोकस गरेकाले रणवीरको प्रस्तावलाई अस्वीकार गरिदिएको समाचारमा जनाइएको छ। कट्रिना आफ्नो सम्बन्धका बारेमा निकै गम्भीर भए पनि अहिले करिअरलाई बढी ध्यान दिएको एजेन्सीले जनाएको छ। तर कट्रिनाले विवाह भने रणवीरसँगै गर्ने र यसका लागि उचित समय मिल्नुपर्ने समाचारमा उल्लेख छ। यो हट जोडीको यही २०१४ मा विवाहको सम्भावना रहेको समेत समाचारमा चर्चा गरिएको छ।

 

Comment