Monday , May 28 2018
Home / Entertainment / ओस्करबाट बाहिरियो सुनगाभा

ओस्करबाट बाहिरियो सुनगाभा

नेपालबाट छनोटमा परेको महिला समलिंगीको कथामा आधारित चलचित्र ‘सुनगाभा’ ओस्कर छनोटबाट बाहिरिएको छ। ओस्कर विदेशी भाषाको लागि नेपालबाट छनोटमा परेको यो चलचित्रमा दिया मास्के, निशा अधिकारीलाई समलिंगीको रूपमा अभिनय गराइएको छ।

विदेशी भाषा अवार्डमा बेल्जियमको द ब्रोकन सर्कल ब्रेकडाउन, बोस्निया एन्ड हर्जगोभिनाको एन एपिसोड इन द लाइफ एन्ड आइरन पिकर, कम्बोडियाको द मिसिङ पिक्चर, डेनमार्कको द हन्ट, जर्मनीको टु लिभ्स, हङकङको द ग्रान्डमास्टर, हंगेरीको द नोटबुक, इटालीको द ग्रेट ब्युटी र प्यालेस्टाइनको ओमार फिल्म नोमिनेसनमा परेका छन्।

द एकाडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सले शुक्रबार सार्वजनिक गरेको उत्कृष्ट विदेशी भाषाको फिल्मको सर्ट लिस्ट सार्वजनिक गरेको हो।

Comment