Tuesday , December 12 2017
Home / Australia / एसेस सिरिजमा अस्ट्रेलिया ४-० ले अगाडि अन्तिम टेष्ट सिड्नीमा हुने

एसेस सिरिजमा अस्ट्रेलिया ४-० ले अगाडि अन्तिम टेष्ट सिड्नीमा हुने

मेलबर्न/ टेस्ट जितेर ४–० ले अगाडि बढेको अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एसेस सिरिजमा ह्वाइटवास गर्न नजिकिएको छ। एक दिनको पूरै समय बाँकी राखेर अस्ट्रेलियाले इङ्ल्यान्डमाथि ८ विकेटको जित दर्ता गरेको थियो। मेलबर्नमा घरेलु टोलीका ओपनर क्रिस रोजर्सको ब्याटले इङ्लिस बलरको धुलाई भएको थियो। रोजर्सले तीनवटा जीवनदान पाएर शतक ठोके। उनले १ सय १६ रनको योगदान दिएका थिए।art-ashes-win-2-620x349

इङ्ल्यान्डले १९९८ मा यसै मैदानमा अस्ट्रेलियालाई १ सय ६२ रनमा रोकेर १२ रनको रोमाञ्चक जित हात पारेको थियो। १५ वर्षअगाडिको सो दृश्य फेरि पस्कने आशा गरिएको थियो। तर रोजर्सको शतक साथमा सेन वाटसन ८३ रनमा नटआउट रहँदा मेलबर्न मैदानमा ५१ वर्षमा अस्ट्रेलियाले उच्चतम चौथो इनिङको लक्ष्य हासिल गरेको थियो।image_20130825081521

चार दिनपछि सिडनीमा अन्तिम टेस्ट हुँदै छ। अस्ट्रेलियाले सिरिजमा ७ वर्षपछि पाहुना टोलीलाई ह्वाइटवास गर्न एक टेस्ट जित्न बाँकी छ। इङ्ल्यान्डले पहिलो इनिङमा अस्ट्रेलियालाई २ सय ४ रनमा समेटेर ५१ रनको महत्त्वपूर्ण अग्रता बनाएको थियो। इङ्लिस टोलीले यसपटक अस्ट्रेलियालाई हराउने अनुमान लगाएको थियो। तर दोस्रो इनिङ इङ्ल्यान्डको लागि दुस्वप्न सरह बन्यो।

१ सय ७२ रनमा ५ विकेट गुमाएर टोली २ सय २३ रनको अग्रतामा थियो। टोलीको ५ विकेट बाँकी नै थियो। १ सय ७३ रनमा बेरस्टो आउट भएपछि ६ रन जोड्दा अल आउट हुँदै अस्ट्रेलियाको लागि २ सय ३१ रनको लक्ष्य तेर्सियो। अस्ट्रेलियाका ओपनर रोजर्स र डेविड वार्नरले पहिलो विकेटको लागि ६४ रन जोडे। वार्नरलाई व्यक्तिगत २५ रनमा स्टोक्सले आउट गरेका थिए। यसपछि इङ्लिस बलरले छिट्टै सफलता हासिल गर्न नसक्दा रोजर्स र वाटसनले दोस्रो विकेटको लागि १ सय ३६ रनको साझेदारी गरे।5175680-3x2-700x467

जितबाट ३१ रनको नजिक पुग्दा रोजर्स मोन्टी पानेसरको सिकार भएका थिए। यतिबेलासम्म रोजर्सले टोलीको जित पक्का गरिसकेका थिए। यसपछि कप्तान माइकल क्लार्क र वाटसनले जितको औपचारिकता पूरा गरेका थिए

Comment