Thursday , December 14 2017
Home / Featured News / एसेज माथि अस्ट्रेलियाको कब्जा

एसेज माथि अस्ट्रेलियाको कब्जा

पर्थमा जारि एसेज शृंखलाको तेश्रो टेस्टमा इंग्ल्यान्डलाई १५० रनले हराउदै अस्ट्रेलियाले ६ बर्ष पछि एसेज शृंखलामा कब्जा जमाउन सफल भएको छ | इंग्ल्यान्ड तर्फ बाट बेन स्टोक्सले सतकीय पारी खेले पनि आफ्नो टिमलाई हारबाट जोगाउन भने सकेनन | अस्ट्रेलियाको तर्फबाट पहिलो पारीमा म्यान अफ द म्याच स्टिभेन स्मिथले सतकीय योगदान दिएका थिए भने दोस्रो पारीमा सेन वाटसन र डेभिड वार्नरले सतक प्रहार गर्न सफल भएका थिए | त्यसै गरि दोस्रो पारीमा ४ विकेट लिएका मिचेल जोन्सनले जम्मा ६ विकेट लिए |

५ म्याचको टेस्ट शृंखलामा अस्ट्रेलिया ३-० ले अग्गादी रहदै शृंखलामा जित हासिल गरेको हो | एसेजको चौथो टेस्ट मेलबर्नमा र पाँचौ तथा अन्तिम टेस्ट सिड्नीमा हुनेछ |

४ महिना अघि मात्र इंग्ल्यान्डमा सम्पन्न भएको एसेज शृंखलामा भने इंग्ल्यान्ड ३-० ले बिजयी भएको थियो |

Comment