Wednesday , December 13 2017
Home / Nepal / एमाले नेताहरुको फेसबुक जुहारी

एमाले नेताहरुको फेसबुक जुहारी

नेकपा एमालेले चर्चित युवा नेताहरुलाई समानुपातिक सभासदमा नसमेटेपछि पार्टीभित्र असन्तुष्टी बढेको छ । पार्टीमा रगत पसिना बगाएका नेताहरुलाई पाखा लगाएर मोटो पैसा दिन सक्नेहरुलाई अघि सारिएको भन्दै असन्तुष्टी बढेको हो । प्रत्यक्षतर्फ उम्मेद्वार नबन्दा तत्कालै फेसबुकमा असन्तुष्टी पोखेका एमालेका युवा नेता राजेन्द्र राईले यसपटक प्रतिक्रिया दिन हतार गर्नुभएन ।

समानुपातिकमा रामकुमारी झाँक्री, ठाकुर गैरे र राईलाई एमालेले नसमेटेको भन्दै पार्टी भित्रबाट चर्को असन्तुष्टी पोखियो । झाँक्रीले समेत आफ्नो फेसबुक पेजमा असन्तुष्टी जनाउनुभयो ।

तर राई र गैरेले धेरैबेर प्रतिक्रिया जनाएनन् ।

समानुपातिकमा नपर्ने अरुको भन्दा अनेरास्ववियुका पूर्व तीन अध्यक्ष झाँक्री, राई र गैरेप्रति धेरैको सहानुभूति थियो । कार्यकर्ता र समर्थकले सहानुभूति जनाउँदै पार्टी निर्णयको तीव्र विरोध गर्न थालेपछि अन्त्यमा गैरे र राईले पनि फेसबुक मार्फत प्रतिक्रिया जनाए ।

युवा नेतृ रामकुमारी झाँक्रीले आफ्नो फेसबुक पेजमा खुलेरै असन्तुष्टी पोख्नुभएको छ भने अरु कार्यकर्ताले उहाँ र अरु नेताहरुको फेसबुक पेजमा पार्टी निर्णयप्रति विरोध जनाउँदै टिप्पणी लेखेका छन् ।

यसअघि प्रत्यक्षतर्फ टिकट नपाए लगत्तै फेसबुकमा टिप्पणी राखेका राजेन्द्र राईले यसपटक भने आफूले केही लेख्नुभएको छैन । यस्तै चर्चामा रहेर पनि यसपटक समानुपातिकको सूचीमा नपरेका युवा नेता ठाकुर गैरेले पनि आफ्नो पेजबुक पेजमा केही टिप्पणी गर्नुभएको छैन ।

समानुपातिकको सूचीमा नपरेका नेता प्रदीप नेपालले समानुपातिकमा परेकालाई बधाई दिँदै अरुलाई चित्त नदुखाउन आग्रह गर्नुभएको छ ।

हाम्रो पार्टी नेकपा एमालेले समानुपातिक उम्मेद्वारको नामावली प्रस्तुत गरेछ जो पर्नु भयो उहाँहरु सबैलाई बधाई जो पर्नु भएन, उहाँहरुले चित्त दुखाएर पनि केही नपाउने हुनाले आफ्नो काममा एकाग्र चित्तले लाग्नु हुन अनुरोध गर्दछु jhakri-golcha

विद्यार्थी आन्दोलनमा सकृय भूमिका निर्वाह गर्नुभएकी चर्चित नेतृ रामकुमारी झाँक्रीले आफ्नो फेसबुक पेजमा यसरी असन्तुष्टी पोख्नुभएको छ :

राजननीति निर्मम हुन्छ जहाँ मानिसको कुनै रगत, पसिना, आँशु इतिहासको मुल्य हुदैन भन्ने सुनेकी थिएँ , मेरो रत्नपार्कमा पोखिएको रगत पनि मेरो पार्टीको लागि विष्णुमतिमा बगेको पानी जस्तै भएछ। dear friend don’t hut me …विगतले गिजाए जस्तै भाको  राजनीतिमा तत्काल केहि पाउन पाइन्छ भनेर लागेकै होइन समाज भित्र जुन सामाजिक असमानता त्यसलाई हटाउनु पर्छ हटाउन सकिन्छ भन्ने विश्वासले यो परिवर्तनको आन्दोलनमा लागेकी हुँ ।मेरो बिश्वास डगमगाएको छैन परिवर्तनको आन्दोलनमा लागिनै रहने छु। तर सबाल समानुपातिकतर्फको पार्टी निर्णयः यसले सायद धेरै साथीहरूलाई जस्तै मलाई पनि आर्श्यचकित बनायो

पार्टीले युवा नेताहरुको नाम समावेश नगरेको भन्दै अनेरास्ववियुकी नेतृ उषाकिरण तिमिल्सिनाले फेसबुक पेजमा यसरी आक्रोश पोख्नुभएको छ :

कामचोर , घुसखोर कर्मचारी , दलाल , बैङक डिफल्टर , भ्याट बिल छलेका, कर नतिर्नेहरु सभासद बन्ने ?? अनि कक्षा पढ्ढादेखि परिबर्तनको, चेतनाको कुरा गर्ने राजेन्द्र राई, ठाकुर गैरे, रामकुमारी झान्क्रीहरु नपर्ने ?….. पार्टीमा अथाह योगदान गरेका राज्यलक्ष्मी गोल्छा, इच्छाराम, शेरचनलगायत् केही कुस्त नोट उठाएर हाम्रा मठाधीशहरुको हरेक इच्छा पुरा गरिदिनेहरु पनि सभासद बन्ने हुनुभएछ हाम्रा मठाधीशहरुको जय होस ….

यस्तै राधाकृष्ण देउजाले सबैजसो एमाले नेताहरुको फेसबुक पेजमा ट्याग गर्दै पार्टी नेतृत्वको बिरोध गर्नुभएको छ । जसलाई नेता प्रदीप नेपालले शेयर समेत गर्नुभएको छ ।

Comment