Thursday , December 14 2017
Home / Featured News / एमाले नऔ अधिवेसन आगामी जेठमा; नेतृत्वका लागि ओली र नेपालबीच प्रतिस्पर्धा

एमाले नऔ अधिवेसन आगामी जेठमा; नेतृत्वका लागि ओली र नेपालबीच प्रतिस्पर्धा

नेकपा(एमाले)कोे केन्द्रीय कमिटीको बैठकले आगामी जेठ २४ देखि ३१ गतेसम्म काठमाडौँमा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।  मिति टुंगो लागेपछि अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउने उद्घोष गरेका छन् । केन्द्रीय समिति बैठकलाई समापन गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि सबैलाई पहल गर्न ध्यानाकर्षण गराए । UML-party-office

बैठकले पार्टीको आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी तथा सदस्यहरु महाधिवेशनमा आयोजकका साथै प्रतिनिधि हुने प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेको छ । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज मस्यौदा कमिटीको संयोजकमा अध्यक्ष झलनाथ खनाल, सहसंयोजकमा उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल हुने प्रस्ताव बैठकले पारित गरेको छ ।

नवौं राष्ट्रिय महाधिवेशनमा आयोजक, निर्वाचित र मनोनित गरी अधिकतम् एक हजार ८०० प्रतिनिधि हुनेगरी कार्य अगाडि बढाउने निर्णय एमालेले गरेको छ । बैठकले सरकार गठनको क्रममा नेकपा (एमाले) र नेपाली काँग्रेसबीचमा भएको सातबुँदे सहमति र सरकारमा पठाइएका मन्त्रीहरुको सम्बन्धमा यसअघिको स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको छ । यसअघि एमालेले जेठ ३ देखि ८ गतेसम्म महाधिवेशन गर्ने भन्ने निर्णय गरेकामा बैठकले आगामी जेठ २४ गतेसम्मका लागि सारेको हो । बैठकपछि  महासचिव ईश्वर पोखरेलले पार्टीको महाधिवेशन नेतृत्वको हानथापमा केन्द्रित नभई नेतृत्व हस्तान्तरणको स्वभाविक प्रक्रियामा जानुपर्ने प्रतिक्रिया दिएका छन् । उनको नेतृत्व हस्तान्तरणको आशय अध्यक्षमा केपि ओलीलाई जिताउनु हो । अहिलेसम्म झलनाथ खनाल र माधवकुमार नेपालले पटक–पटक पार्टी हाँकिसकेपनि केपिले पार्टी हाँक्न पाएका छैनन् । अघिल्लो महाधिवेशनमा फर्जि मतले हार्नुपरेको बहानाबाजि गर्ने केपि यसपटक भने जित हात पार्नेमा ढुक्क छन् । विषेशत ओलीले इश्वर पोखरेल लगायतका मध्यमार्गी धारका नेताहरुको साथ पाउँने छाँटकाँट  छ । पोखरेल लगायतका नेताहरु खनाल र नेपालले पटक–पटक पार्टी हाँकिसकेका कारण यसपटक केपिलाई मौका दिनुपर्ने पक्षमा छन् । बामदेवसँग साठगाँठ गर्दै उनलाई सरकारको बाटो देखाएका केपि पार्टीको संसदीय दल तथा केन्द्रीय समितिमा समेत बहुमतमा छन् ।  यसअघि खनाल संसदीय दलको नेतामा उठिसकेका कारण उनले महाधिवेशनमा माधव नेपाललाई सघाउने अनुमान लगाइएको छ । तर संसदीय दलको  नेतामा पराजित भएपछि यतिबेला आफ्नो अध्यक्ष पद जोगाउन समेत खनालले केपि ओलीकै सहारा लिएका छन् । त्यसैले ओली झलनाथलाई मनाएर नेपाललाई एक्लाउँने दाउमा छन् । यति नै बेला नेपालको रणनिति भने झलनाथलाई ढाल बनाएर केपीमाथि प्रहार गर्ने छ । सर्वसम्मतिबाट अध्यक्ष बन्ने केपि ओलीको सपनामा माधव नेपाल सबैभन्दा ठूलो तगारो हुन् । उनले पटक–पटक ओली अध्यक्षका लागि लायक उम्मेद्वार नरहेको प्रतिक्रिया सार्वजनिक गर्दै आएका छन् ।

Comment