Saturday , December 16 2017
Home / Featured News / एमाओवादीको सभासद छान्ने जिम्मा केन्दि्य कार्यालयलाई

एमाओवादीको सभासद छान्ने जिम्मा केन्दि्य कार्यालयलाई

एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिले समानुपातिक सभासद छान्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको छ ।

आइतबार बसेको बैठकले सभासद छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश रहेको केन्द्रीय कार्यालयलाई दिएको हो ।

एकीकृत माओवादीले समानुपातिक सभाषद छान्दा पार्टीमा योगदान गर्ने, घाईते र शहीद परिवार र प्रत्यक्षमा हारेका जिल्लालाई प्राथमिकता दिने निर्णय गरेको छ । त्यस्तै चुनावमा घात गर्नेलाई पनि एकीकृत माओवादीले सभाषद बनाउने छैन् ।party_office

केन्द्रीय कार्यालयले टुंगो लगाउनु अघि पोष्टबहादुर बोगटी नेतृत्वको छनौट समितिले सूचिको परिक्षण गरी केन्द्रीय कार्यालयलाई बुझाउनेछ र केन्द्रीय कार्यालयले पनि छनौट समितिसँग छलफल गर्नेछ ।

बैठकले दलहरुबीच भएको चार बुँदे सहमति अनुमोदन गरेको नेता नवराज सुवेदीले जानकारी दिनुभयो ।  केन्द्रीय समितिको अर्को बैठक २६ गते बस्नेछ ।

Comment