Monday , December 18 2017
Home / Australia / एमआरपी पासपोर्ट लिन नेपाली दुतावासको आग्रह

एमआरपी पासपोर्ट लिन नेपाली दुतावासको आग्रह

क्यानवेरा/ अस्ट्रेलियाको क्यानवेरा स्थित नेपाली दुतावासले अष्ट्रेलिया र ओसिनिया क्षेत्रका देशहरुमा बसोवास गर्ने सम्पूर्ण नेपालीलाई मेसिन रिडेबल पासपोर्ट (एम आर पी) लिन आग्रह गरेको छ । हालः प्रचलनमा रहेको हस्तलिखित राहदानी २०१५ नोभेम्बर २४ देखि प्रयोग गर्न नसकिने भएकाले एमआरपी लिन दूतावासले आग्रह गरेको हो ।nepalimrp

अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपालले सिमापारी डटकमसँग कुरा गर्र्दै हस्तलिखित राहदानीमा २०१५ पछिको म्याद भए पनि प्रयोग गर्ने नमिल्ने भन्दै एमआरपीका लागि दरखास्त दिन अनुरोध  गरेका छन् । नयाँ राहदानी प्रप्त गर्न अपनाउनु पर्ने प्रक्रया र त्यस सम्बन्धी वृस्तृत जानकारी नेपाली राजदुतावास, क्यानवेराको वेभसाइट www.necan.gov.np मा जानकारी उपलब्ध छ । यस विषयमा राजदुतावासमा केही सोधपुछ गर्न आवश्यक परे [email protected] इमेल वा [email protected] मा बुदागतरुपमा  लेखेर पठाउन वा कार्यालय समय भित्र निम्न फोन नम्बर 02 61621554, 02 62868006 मा सम्पर्क गर्न भनिएको छ ।

नेपाल सरकारले आफ्ना नागरिकहरुको लागि सन् २०१०को डिसेम्बरबाट मेसिन रिडेबल पासपोर्ट (एम आर पी) वितरण शुरु गरेको थियो ।                                                                      विज्ञप्तीको पूर्णपाठ

embassy letter

 

Comment