Thursday , December 14 2017
Home / Australia / एन ए डि एफले नयाँ वर्षमा बार्वेक्यु गर्ने

एन ए डि एफले नयाँ वर्षमा बार्वेक्यु गर्ने

सिड्नी/ नेपाल अस्ट्रेलिया डेमोक्रेटिक फोरम (एन ए डि एफ) को आयोजनामा आगामी अप्रिल १३ आइतवार बार्वेक्यु कार्यक्रम हुने भएको छ । फोरमका महासचिव डा ज्ञानेन्द्र रेग्मीका अनुसार नेपाली नयाँ वर्ष २०७१ लाई भब्यरुपमा स्वागत गर्न र एक आपसमा शुभकामना आदान प्रदान गर्न यो कार्यक्रमको आयोजना हुन लागेको हो । सिड्नीको एसफिल्ड पार्कमा हुने यो कार्यक्रम मध्यान्ह १२ बाजेबाट शुरु हुने बताइएको छ ।

कार्यक्रममा स परिवार सहभागि हुन आयोजकले सबैमा आग्रह गरेका छन् । थप जानकारीकालागि यो कार्यक्रम संयोजक तथा संस्थाका सचिव विपिन थापालाई ०४१२७६४२१६ नम्बरमा सम्पर्क गर्न भनिएको छ । गएको महिना  भएको एन ए डि एफको अधिवेसनले बालचन्द्र भट्टराइको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको थियो । unnamed

Comment