Tuesday , December 12 2017
Home / Australia / एन आर एन अस्ट्रेलियाले “वाक फर नेपाल” कार्यक्रम गर्ने

एन आर एन अस्ट्रेलियाले “वाक फर नेपाल” कार्यक्रम गर्ने

सिडेनी/ गैर आवासिय नेपाली संघ (एन आर एन ए) अस्ट्रेलियाले परोपकारी कार्यक्रमलाई सहयोग गर्न अर्थ संकलन गर्ने उद्देश्यले “वाक फर नेपाल” कार्यक्रम गर्ने भएको छ । आगामी मे २५ आइतवार सिडेनीको दक्षिण रकडेलमा रहेको कुक पार्कको डल्स प्वाइन्टबाट शुरु भएर ब्राइटन बीच हुंदै पुन डल्स पोइन्टमा पुगेर यो वाक फर नेपाल कार्यक्रम समाप्तहुने एन आर एन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले बताए । आइतवार विहान ८ देखि ११ बजे सम्म यो हिडाई कार्यक्रम हुदैछ । यो परोपकारी कार्यक्रमबाट संकलन भएको रकम एन आर एन अस्ट्रेलियाको आगुवाईमा नेपालको बिराटनगर उप महानगरपालिकामा निमार्ण हुनलागेको पाथिभरा जेष्ठ नागरिक स्रद्धा आश्रमका लागि खर्च गरिने बताईएको छ । वाक फर नेपालको लागि एन आर एन अस्ट्रेलियाको वेभसाईटमा रजिस्ट्रेसन खुल्ला भैसकेको छ । यस कार्यक्रममा सहभागिहुन प्रतिब्यक्ति २०० डलर, विद्यार्थीका लागि प्रतिब्यक्ति ७५ डलर र पारिवारकालागि २५० डलर दर्ता शुल्क लाग्ने अध्यक्ष ओलीले जानकारी दिए ।

walk for nepal 2
एन आर एन ए अस्ट्रेलियाले न्यु साउथ वेल्स राज्य परिषद सँगको सहकार्यमा आयोजना गर्न लागेको यो अर्थ संकलन कार्यक्रममा सहभागिले नीजि वा आफ्नो लागि प्रायोजक खोजेर दर्ता शुल्क जम्मा गर्न सक्नेछन् । यो परोपकारी कार्यक्रममा सहभागिता बढाउन एन आर एन ए अस्ट्रेलियाले सिड्नीमा रहेका नेपाली समुदायिक संस्थाहरु, ब्यवसायिक समुदाय, विद्यार्थी, बिभिन्न पेशागत समुदाय र अस्ट्रेलियन मित्रहरुलाई आग्रह गरेको छ ।

करिव १० किलोमिटर लामो यो हिडाइको मुख्य लक्ष्य अर्थ संकलमन भएपनि नेपालको कला संस्कृति बारेमा प्रचार गर्नु, यहाँको बहुसास्कृतिक समाजलाई प्रोत्साहन गर्नु र समुदायमा एकता र मेलमिलाप बढाउनु रहेको छ ।  एनआरएनए अस्ट्रेलियाका परोपकारी (च्यारिटी) परियोजना संयोजक रमेश पाण्डेका अनुसार बृद्धा आश्रम निमार्ण गर्न करिव २ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा करिव ५० जना जेष्ठ नागरिकलाई आश्रय पुग्ने भवन र आवश्यक पूर्वाधार निमार्ण गरिने छ । बिराटनगर उप महनगरपालिकाले उपलब्ध गराएको जमिनमा यो भवन बन्न लागेको हो ।

वाक फर नेपाल कार्यक्रम सम्बन्धि थप जानकारीकालागि निम्न ब्यीक्तलाई सम्पर्क गर्न सकिन्छ । बिजय पोखरेल ०४०२५४१६४० रमेश पाण्डे, ०४१३९१६९३४,महेन्द्र ओली ०४०३४९६७६१, चुरामणी बेलवासे ०४१३१९३३५१ र ऋषि आचार्य ०४५१००३१३२walk for nepal final

Comment