Thursday , December 14 2017
Home / Australia / एनडिएफ अस्ट्रेलियाको अधिवेसन आगामी मार्चमा

एनडिएफ अस्ट्रेलियाको अधिवेसन आगामी मार्चमा

सिड्नी/ नेकपा एमालेको प्रवासी संगठन नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ) अस्ट्रेलियाको तेस्रो अधिवेशन आउँदो मार्च १ र २ मा सिड्नीमा हुने भएको छ । एनडीएफ अस्ट्रेलिया अध्यक्ष हरी लामिछानेले दिएको जानकारी अनुसार एमाले केन्दिय प्रतिनिधिहरुको प्रमुख आतिथ्यतामा यो अधिवेसन हुन लागेको हो ।524234_108881519310320_68533462_n

अधिवेशनमा एनडीएफको मेलवर्न, ब्रिसवेन, पर्थ, डार्विन र क्यानवेरा लगाएतका शहरबाट पार्टी प्रतिनिधि, समर्थक र सुभेच्छुक गरेर करिव २ सय जना सहभागी हुने अनुमान गरिएको छ ।सिड्नीमा हुने अधिवेसन स्थल र नेपालबाट आउने केन्द्रिय प्रतिनिधिहरुको चाँडै बैठक बसेर निर्णय गरिने लामिछानेले बताए ।

अधिवेसने संगठनको संरचना र नामलाई परिवर्तन गरेर नेपाली प्रवासि मञ्च अस्ट्रेलिया राख्ने बारेमा पनि निर्णय गर्ने बताइएको छ ।

Comment