Sunday , November 19 2017
Home / Featured News / एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न

एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न

युरोपमा एनआरएन अभियान, नेपाल र नेपालीको पहिचान’ भन्ने नारासहित गैरआवासीय नेपाली संघको सातौं युरोपियन क्षेत्रीय बैठक तथा पाँचौं क्षेत्रीय महिला सम्मेलन स्पेनको बार्सिलोनामा आइतबार सम्पन्न भयो। शनिबार सुरु भएको उक्त बैठकले १४ वटा बुँदागत निर्णय गरेको छ। बैठकका निर्णयमा नेपालमा समयमै संविधान निर्माण हुने सम्मेलनमो आशा ब्यक्त गरिएको छ। बैठकले नेपाली नागरिकताको निरन्तरतालगायत गैरआवासीय नेपालीका मुद्दालाई नयाँ संविधानमा सम्बोधन गर्न आग्रह गरिएको छ। युरोपका विभिन्न देशमा बसोबास गर्दै आएका महिला र विदेशी नागरिकबाट जन्मेका बच्चालाई आमाको नाममा नेपाली नागरिकताको व्यवस्था नयाँ संबिधानमा गर्न पनि बैठकले नेपाल सरकारलाई आग्रह गरेको छ।ERM-spain
यसैगरी स्पेनमा एमआरपी पासपोर्ट तथा १६ बर्ष पुगेका दोस्रो पुस्ताका गैरआवासीय नेपालीको राहादानी सहज रुपमा प्राप्त गर्ने वातावरण तयार गर्न पनि नेपाल सरकारलार्ई आग्रह गर्ने निर्णय गरेको छ। युरोपका बिभिन्न देशबाट आधिकारिक कागजबिना नेपाली भाषा बोलेकै आधारमा सुपुर्दगी गरेकालाई नेपाली अध्यागमन विभागले स्वीकार गर्ने क्रमलाई अझ बढी प्रभावकारी बनाउन नेपाल सरकारलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघ नेपालमा विधिवत रुपमा दर्ता भइसकेको अबस्थामा राष्ट्रिय समन्वय परिषद्का सम्पूर्ण क्रियाकलाप विधिसम्बत रहनुपर्ने छ। राष्ट्रिय समन्बय परिषदका विधान अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधानसँग एकरुपता आउनुपर्नेलगायतका बिषयमा राष्ट्रिय समन्वय परिषदको ध्याषाकर्षण गराउने बैठकले निर्णय गरेको छ। संघको आफ्नै भवन काठमाडौमा निर्माण गर्ने, एक एनसीसी एक परियोजना, वैदेशिक रोजगारमा रहेकाको समस्याको लागि अक्षयकोष स्थापनालगायतका अन्तर्राष्ट्रिय समन्वय परिषदले अगाडि सारेका परियोजना युरोप क्षेत्रबाट सहयोग रहने बैठकमा प्रतिबद्धता जाहेर गरियको छ।

बैदेशिक रोजगार भएका महिलाले भोग्नु परेका बिभिन्न समस्याप्रति नेपाल सरकारको ध्यानाकर्षण गर्दै एक हजारभन्दा बढी महिला कामदार भएका देशमा आश्रय स्थल स्थापना गर्न नेपाल सरकारलाई बैठकले आग्रह गरेको छ।  बैठकले अधिकार सम्पन्न बागमती सफाई योजनाले अघि सारेको बागमति सफाइ परियोजनालाई सहयोग स्वरुप शँखमुल घाटको सम्वर्द्धन र संरक्षणका लागि आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ।

नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. प्रकाशशरण महत बिशेष आतिथ्यमा तथा फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्पेनका लागि नेपाली काउन्सुलर लुईस बेल्बिस, गैरआबासीय नेपाली संघका संस्थापक, पूर्व तथा वर्तमान अध्यक्षहरु, संरक्षक एवं पदाधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि तथा शुभचिन्तक, नेपाल तथा बिदेशस्थित पत्रकारहरु, स्थानीय संघ सस्थाका प्रतिनिधिसहित २६ म्ाुलकका करिब २ सय नेपाली समुदायको उपस्थिति थियो।

बैठकको अन्त्यमा फ्रान्सका लागि नेपाली राजदूत मोहनकष्ण श्रेष्ठ, गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, निर्वतमान अध्यक्ष जीवा लामिछाने, उपाध्यक्षद्धय भवन भट्ट, टिवी कार्की, यूरोप सँयोजक र्अजुन श्रेष्ठ, एनआरएन स्पेनका अध्यक्ष एकराज गिरी, अर्जुन आचार्य लगायतले मन्तब्य दिए। बैठकले गैरआवासीय नेपाली सँघ यूरोप क्षेत्रको आठर्ौे बैठक आगामी बर्ष डेनमार्कमा गर्ने निर्णय गरेको छ।

 

Comment