Monday , December 18 2017
Home / Article / एनआरएन प्रतिनिधिमण्डल र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिबीच भेटघाट

एनआरएन प्रतिनिधिमण्डल र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिबीच भेटघाट

गैरआवासीय नेपाली संघका अध्यक्ष सहितको प्रतिनिधिमण्डलले नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति बैरागी काइँलासंग भेटवार्ता गरेको छ । नेपाली भाषा साहित्यको प्रर्बद्धनमा काम गरिरहेको प्रतिष्ठान र गैरआवासीय नेपाली संघवीच पछिल्लो बिश्व सम्मेलनमा सहकार्यसम्बन्धी सम्झौता भएको थियो । भेटका अबसरमा अध्यक्ष घलेले प्रतिष्ठानजस्तो राष्ट्रिय गौरवको संस्थासंग सहकार्य गर्न पाएकोमा संघ गौरवान्नित भएको जानकारी गराउदै संघले गरेका प्रतिवद्धताहरु कार्यन्वयनमा ल्याईने जानकारी गराउनु भयो ।

sesh ghale academi

नेपाली साहित्य, संस्कृति, भाषा र कलाको संवर्धन र प्रवर्धन गर्नु संघका उदेश्यहरु मध्यका प्रमुख एक बिषय भएको र यसलाई विश्व सामू उजागर गर्न गैरआवासीय नेपाली साहित्य प्रेमि र स्रष्टाहरु तथा संघ कटिवद्ध रहेको जनाउनु भयो । यस कार्यलाई अवका दिनहरुमा कसरी संस्थागत 

गर्दै दुवै संस्थाको संयुक्त पहलमा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु माझ नेपाली साहित्य, संस्कृति, भाषा र कलाको लोकप्रियता जिवन्त राख्ने भन्ने नै प्रमुख चूनौति रहने उहाले वताउनु भयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काईलाले नेपालको साहित्य, सस्ंकृति, भाषा र कलाको संरक्षण र जगेर्ना गर्ने जस्तो अहंम र महत्वपूर्ण कार्यमा नेपाल सरकारको मान्यता प्राप्त, विश्वका ६६ मूलूकहरुमा आफ्नो संजाल विस्तार गर्न सक्षम गैरअवासीय नेपाली संघ जस्तो मर्यादित संस्था संग हातेमालो गर्ने अवसर पाएकोमा नेपाल प्रज्ञा–प्रतिष्ठान तथा आफ्नो तर्फवाट मूरीमूरी धन्यवाद दिंदै संघका वर्तमान तथा निर्वतमान अध्यक्षहरुलाई प्रतिष्ठानको प्रांगणमा स्वागत गर्न पाएकोमा हृदय देखिनै संघ प्रति आभार प्रकट गर्दछु भन्नु भयो । दुई संस्थावीचको सहकार्यले नेपालको साहित्य, सस्ंकृति,
भाषा र कलाको प्रर्वधन र संरक्षणमा एउटा नया आयाम थपिनेमा आफू विश्वस्त रहेको वताउनु भयो । प्रतिष्ठानको मूलूक भन्दा वाहिर रहेका स्रष्टाहरुलाई कसरी नेपाली साहित्यको मूलधारमा समेट्ने भन्ने चिन्त्ता अव नरहेको विश्वास समेत व्यक्त गर्नु भयो । गैरआवासीय नेपाली विश्व सम्मेलन ताका हस्ताक्षरित सात बूदे सम्म्झौता पत्रले कार्यगत एकताको ढोका खुलेको र अव चाडै नै सोहि सम्झौता मुताविक कामको थालनी हुने भएकोमा यसलाई आफ्नो कार्यकालको एक सफल आयामको रुपमा आफूले मूल्याङ्कन गरेको समेत वताउनु भयो । यस अवसरमा संघका निर्वतमान अध्यक्ष जीवा लामिछानेले संघलेस्थापनाको एक दशक संजाल बिस्तार र सुदृढिकरणमा खर्चिएको र अबका दिनहरुमा आफ्ना उदेश्यहरुलाई मूतरुप दिन सशक्त रुपमा काम गर्ने जानकारी गराउ“दै प्रतिष्ठानसंग भएको सम्झौता यसको उदाहरण भएको आंल्याउनु भयो ।

यस कार्यको लागि संघको तर्फबाट आफू अग्रणी भूमिका निभाउन तयार रहेको र यो प्रस्ताव संघको नयाकार्य समितिमाझ आफूले पेश गरेको समेत वताउनु भयो । संघले प्रतिष्ठान संग गरेको सम्झौताअनुसार कार्यहरु अघि बढाउन संयुक्त कार्यदलको गठन गर्ने, संघले कवुल गरेको रकम जम्मा गर्न संयुक्त अक्षय कोष स्थापना गर्न प्रतिष्ठानलाई अनुरोध गर्नु भयो । विगतमा झैं संघले आफ्ना उदेश्यहरुको परिपूर्ति गर्न कार्यदलहरु गठन गर्दै आएकोमा छिट्टै नै संघले संस्थागत हिसावमा यस कार्यलाई कसरी अगाडी लैजाने भन्ने निर्णय गर्ने जानकारी समेत गराउनु भयो । ‘हामीले राम्रो काम सूरु गरेका छौं र स्वदेश तथा विदेशमा रहेका मित्रहरुले यस कार्यमा होष्टेमा हैंसे गर्ने छन् भन्ने कुरामा म विश्वस्त रहेको छु’ उहाले भन्नुभयो ।

Comment