Tuesday , December 12 2017
Home / Australia / एनआरएन अस्ट्रेलियाद्धारा हेल्प डेक्स संचालन

एनआरएन अस्ट्रेलियाद्धारा हेल्प डेक्स संचालन

nrn helpdesk

1300 नम्बरमा फोन गरेर हेल्प डेक्सको उद्घाटन गर्दै एन आर एन संरक्षक इन्द्रा वन, न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का र डा नारायण प्रधान ।

सिड्नी/ अस्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुलाई तत्काल सेवा पुर्याउने लक्ष्य राखेर गैर आवासिय नेपाली संघ (एन आर एन)  अस्ट्रेलियाले हेल्प डेक्स संचालनमा ल्याएको छ । मार्च १६ आइतवार सिड्नीको कोग्रामा भएको एक भेलामा एनआरएन संरक्षक इन्द्रा वन, न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का र डा नारायण प्रधानले  १३००नम्बरमा कुरा गरेर हेल्प डेक्सको उद्घाटन गरेका थिए । १३००६१७९२२ र [email protected] मा इमेल गरेर अस्ट्रेलियाको कुनै पनि राज्य र शहरमा बसोवास गर्ने नेपालीले हेल्प डेक्समा सम्पर्क राख्न सकिने छ ।

एन आर एन अस्ट्रेलिया अध्यक्ष महेन्द्र ओलीका अनुसार हेल्प डेक्समा आएका जिज्ञासा र अनुरोधहरुलाई सम्वोधन गर्न आन्तरिक रुपमा संयन्त्र तयार गरिएको छ । हेल्प डेक्समा आएका फोन वा इमेलमाथि कार्य समितिका तिन जना जिम्मेवार सदस्यहरुको पहुँच रहने छ र समश्याको प्रकृति हेरेर तत्काल कारवाहिको प्रक्रिया अगाडी बढाइने अध्यक्ष ओलीेले बताए ।

अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी, भर्खरै नेपालबाट अस्ट्रेलिया अएका नव आप्रवासि र बर्षौ देखि यहाँ बसेका नेपाली परिवारलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सेवाको प्ररम्भिक सोधपुछ केन्द्रको रुपमा यो डेक्स रहने एन आर एन अस्ट्रेलियाका महासचिव भरत पोखरेलले सिमापारि डट कमलाई बताए । नेपाली दुतावास, महाबाणिज्यदुतको कार्यालयहरु र सामुदायिक संस्थाहरुबीच सहकार्य गर्दै उपयुक्त सेवा र परामर्श उपलब्ध गराउन यो डेक्स उपयोगि हुने विश्वास कार्यक्रममा सहभागिहरुले ब्यक्त गरेको थिए ।

नआरएन अस्ट्रेलियाका प्रवक्ता दिनेश पोखरेल संयोजक रहेको कार्यदलले हेल्प डेक्स सम्बन्धि कार्यविधि र निदेर्शिका तयार गरिरहेको । यो कार्य समितिमा मेलवर्नबाट शुधिर शाक्य उप संयोजक, कृष्ण गिरी सचिव, विष्णु हमाल, भरत देवकोटा, अशोक ओली र मेघराज पौडेल सदस्य रहेका छन् । अस्ट्रेलियामा नेपालीको जनसंख्या बृद्धिसांगै विबिधि समश्या र सहयोगका क्षेत्रहरु बढेको कारण समुदायको मागको आधारमा हेल्प डेक्स संचालनमा ल्याइएको हो ।

यसैबिच एनआरएन न्यु साउथ वेल्स स्टेट राज्य समितिले एन आर एनका वर्तवान र पूर्व पदाधिकारीहरु तथा समुदायका प्रतिनिधिहरुबीच भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एआरएनका प्रवक्ता तथा अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, पूर्व अध्यक्षहरु गेवा कटुवाल, धुव सुवेदी र गणेश केसीले एनआरएनमा काम गर्दाको अनुभव सुनाएका थिए । साथै वर्तमान अध्यक्ष महेन्द्र ओलीले पूर्व अध्यक्ष र पदाधिकारीहरुको परामर्श र शुझाव अनुसार आफू अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

Comment