Thursday , December 14 2017
Home / Australia / एनआरएन अष्ट्रेलिया र सामुदायिक संस्थाहरुबिच अन्तर्क्रिया

एनआरएन अष्ट्रेलिया र सामुदायिक संस्थाहरुबिच अन्तर्क्रिया

picture related to  meetingगैर आवासिय नेपालीसंघ (एनआरएन) अष्ट्रेलियाले नेपाली समुदायका प्रतिनिधिहरु संगअन्तर्क्रिया गरेको छ । नोभेम्वर ३० शनिवार सिड्नीको अवर्नमा रहेको सकर क्लबमा भएको उक्त कार्यक्रममा करिव २५ वटा सामुदायिक संस्थाका प्रतिनिधिहरु सहभागि थिए । एन आर एन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रममा समुदायका प्रतिनिधिहरुले आयोजना गर्न लागेको कार्यक्रमको बारेमा जानकारी गराएका थिए । साथै समुदायमा काम गर्दा कार्यक्रमहरु जुध्ने, फरक फरक संस्थाले समान प्रकृतिका कार्यक्रम आयोजना गर्ने, कार्यक्रमहरुमा सहभागिता र सहयोग कम हुंदै गएको बारेमा अन्तक्रिर्यामा छलफल भएको थियो । केही सहभागिहरुले सिड्नीमा रहेको समुदायिक संस्थाहरुको संयोजन गर्न परिषद बनाउन सुझाव दिएका थिए ।
संघका सचिव भरत पोखरेलले संचालन गरेको कार्यक्रममा बोल्दै महाबाणिज्यदुत दिपक खड्काले सामुदायिक संस्थाहरुको संयोजन र सहकार्यक्र अत्यन्त जरुरी भएको विचार राखेका थिए ।

एनआएनले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु आयोजना गर्ने संघका प्रवक्त दिनेश पोखरेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comment