Saturday , December 16 2017
Home / Featured News / एनआरएन अफ्रिका सम्मेलन लगानि र मानव तस्कर नियन्त्रणमा केन्द्रित

एनआरएन अफ्रिका सम्मेलन लगानि र मानव तस्कर नियन्त्रणमा केन्द्रित

गैरआबासिय नेपाली संघ (एनआरएनए) को प्रथम अफ्रिका क्षेत्रिय बैठक केन्याको राजधानी नैरोबीमा सम्पन्न भएको छ । दक्षिन अफ्रिकाका लागि नेपालका राजदूत महामहिम अरुण धिताल र एनआरएनएका अध्यक्ष शेष घलेले सयुंक्त रुपमा उदघाटन गर्नु भएको बैठकमा अफ्रिकास्थित एनआरएनए शाखाहरुको सहभागिता रहेको थियो । Kenya-picअफ्रिका ६ देशका चालिस एनआरएनहरु सहभागी उक्त बैठकमा नेपालमा बैदेशिक लगानीका अवसरहरु पहिल्याउने र अफ्रिकामा नेपालबाट बढ्दो मानब तस्कर रोक्ने मूल बिषय रहेका थिए ।

राजदूत धितालले अफ्रिकामा फैलिदै गरेको नेपाली उपस्थितिले राम्रा सम्भावनाका साथ समस्याहरु पनि बढाउँदै लगेकोले नेपाल सरकार र एनआरएनएसंगै मिलेर काम गर्नु पर्ने बताउनु भयो । बिदेशमा रहेका सबै नेपाली नेपालका सदभावना दुत भएकोले नेपालमा बैदेशिक लगानी भित्रयाउन र पर्यटन प्रबर्धन गर्न सक्रिय बन्नुपर्ने आबस्यकता रहेको छ, उहाँले भन्नुभयो । एनआरएनएका अध्यक्ष शेष घलेले नेपालमा सरकारले लगानी मैत्री बाताबरण अझै बनाउनु पर्ने र एनआरएनले नेपालमा लगानी गर्न अभियानै चलाउनु पर्ने बताउनु भयो ।

बैठकमा एनआरएनएका अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापा, कार्यकारी निर्देसक राजेश राना, केन्याका लागि नेपालका महाबाणिज्यदूत जिम्मी अस्कार, एनआरएनएका अन्तर्राष्ट्रिय समितिका सदस्यहरु कुल कार्की, भरत रिजाल, सुनिल कार्की र शाखा अध्यक्षहरू बिदुर खनाल (जाम्बिया), रमेश कंडेल (युगान्डा) र रामचन्द्र बश्याल (केन्या) र पत्रकार देवेन्द्र भट्टराई समेतले आफ्नो मन्तब राख्नु भएको थियो ।

अफ्रिकामा एनआरएनको थप संजाल वृद्धि गर्ने , नेपालमा बैदेशिक लगानी लग्न नेपालमा लगानी मैत्री बाताबरण अझै आकर्षक बनाउन र प्रक्रिया छरितो बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने, अबैध मानब तस्करी रोक्न प्रभावकारी कदम चाल्न सरकारलार्इ अनुरोध गर्ने र अफ्रिकामा आपतकालिन सहयोग राहत कोष स्थापना गर्ने लगायत नौँ बुँदे अफ्रिका घोसना पत्र जारी गर्दै बैठक सकिएको छ । नेपाली दूतावास दक्षिण अफ्रिकाको सहयोगमा एनआरएनए केन्याको आयोजनामा बैठक आयोजना भएको थियो ।

 

Comment