Friday , December 15 2017
Home / Featured News / एनआरएनले सामुहिक लगानीमा होटल खोल्ने

एनआरएनले सामुहिक लगानीमा होटल खोल्ने

nrn-logo63bb79dलण्डन । गैरआवासीय नेपाली संघले करिब ४ अर्ब रुपैयाँको लगानीमा नयाँ होटल खोल्ने भएको छ । गैरआवासीय नेपाली संघको गत आइतबार सम्पन्न पदाधिकारी बैठकले सामूहिक लगानीमा होटल खोल्ने निर्णय गरेको हो ।
कम्तीमा दुई सय कोठा क्षमताको होटल खोल्न तत्काल काम सुरु गर्ने निर्णयसमेत भएको संघका महासचिव कुमार पन्तले बताए । पोखरा, विराटनगर वा लुम्बिनीमध्ये एक ठाउँमा होटल खोल्ने बारेमा छलफल भइरेको उनले जानकारी दिए ।
नयाँ होटल खोल्न परियोजनालाई अगाडी बढाउने जिम्मा संघका अध्यक्ष शेष घलेले लिएका छन् । यसअघि घलेको व्यक्तिगत लगानीमा काठमाडौंमा सेराटन होटल बनाउने काम सुरु भइसकेको छ ।

एनआरएन पदाधिकारीले दिएको जानकारीअनुसार फेब्रुअरीको अन्तिम साताबाट काम थल्ने लक्ष्य लिइएको छ । बैठकले संघको वेभसाइटलाई अत्याधुनिक तथा नयाँ लेआउटमा ल्याइने निर्णयसमेत गरेको छ । संघभित्र बहुप्रतिक्षीत टाक्र्सफोर्स, अन्तर्राष्ट्रिय परिषद सदस्य र सल्लाहाकारको मनोनयन भने अगामी जनवरी १२ तारिख बस्ने बैठकले टुंगो लगाउने सहमति बनेको छ ।

यसअघि सम्पन्न संघको बैठकले प्रमुख संरक्षक रामप्रताप थापा, संरक्षकमा हितमान गुरुङ, रामेश्वर शाह, अम्बिका अधिकारी र इन्द्र वनलाई चयन गरेको थियो ।

 

Comment