Tuesday , December 12 2017
Home / Featured News / एनआरएनले थाईलेन्डमा जेल जीवन बिताइरहेका नेपालीलाई सहयोग

एनआरएनले थाईलेन्डमा जेल जीवन बिताइरहेका नेपालीलाई सहयोग

NRNA Thailand President With Jail Director

थाईलेन्डका जेलमा रहेका नेपालीहरुलाई नेपाली दुताबास र गैर आवासीय नेपाली संघ (एनआरएनए) थाईलेन्ड संयुक्त टोलीले गत शुक्रबार भेटि उनीहरुको अवस्था बारेमा जानकारी लिएको छ। भ्रमण टोलीमा थाईलेन्डका लागि कार्यबाहक राजदुत डोरनाथ अर्याल र एन आर एन ए थाईलेन्डका अध्यक्ष खगेन्द्र राज ढकाल संलग्न रहनुभएको थियो।

भेटका क्रममा कैदीहरुले आफुहरुलाई नेपाल पठाई बाँकि सजाय आफ्नै भूमिमा भोग्ने वातावरण बनाइदिन एन आर एन एलाई अनुरोध गरेका थिए। तेस्तैगरि रोयल पार्डनको लागि दुताबास मार्फत पहल गरिदिन पनि नेपाली कैदीहरुको अनुरोध थियो। उनीहरुको दैनिक जीवनपनि भाषा नबुझेर अत्यन्त कठिन भएको गुनासो धेरै कैदीहरुको रहेको थियो।

हाल सम्म थाई सरकारले विभिन्न २४ राष्ट्रहरु संग कैदीहरु समन्धित देशमा हस्तान्तरण हुने सन्धि गरेपनि नेपालसंग भने अहिले सम्म त्यो सम्बन्ध कायम हुननसक्दा कैदीहरु थाईलेन्डकै जेलमा जीवन बिताउन बाध्य छन्। यो सन्धि गर्नु अत्याबस्यक भएको भन्दै नेपाल सरकारले यथासिघ्र यसमा पहल गर्नुपर्ने अध्यक्ष ढकाल बताउनुहुन्छ र यसका लागि आवसयक आवाज उठाउने प्रतिबद्दता ढकालले कैदीहरुसंघ गर्नुभएको बताइएको छ।

भ्रमणको क्रममा अध्यक्ष ढकालले केन्द्रीय महिला जेलको निर्देशक सिरिपककन चुटिगूलाङ्गसंग पनि भेट गरी नेपाली हरुलाई भाषाको कठिनाई लगायतका केहि समस्या रहेको र आवसयक सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो ।

नेपाली सघसंस्थाहरुको तर्फबाट थाइलेण्ड स्थित नेपाली कैदीहरुलाई भेट्ने अनुमति मिलेको यो पहिलो पटक हो। उक्त टोलीले नेपाली क्यालेन्डर, नेपाली अंग्रेजी डिक्सनरी, केहि ज्ञानवर्धक नेपाली पुस्तकहरु र नेपालीमा उल्था गरिएको जेल निर्देशिका हस्तान्तरण गरेको थियो।

टोलीले बांग क्वांग केन्द्रिय जेल र केन्द्रिय महिला जेलमा रहेका नेपाली हरुलाई भेटेको हो। बांग क्वांग केन्द्रिय जेलमा हाल २१ जना नेपाली पुरुसहरु छन् भने केन्द्रिय महिला जेलमा ९ नेपाली महिलाहरु कैद जीवन बितिरहेका छन्।। हाल थाईलेन्डमा जम्मा ७० जना नेपाली कैदीहरु रहेका छन जसमा बाँकि कैदीहरु बोम्बाट जेल, क्लोंग प्रेम जेल र च्यान्ग्राई जेलमा छरिएका छन्।। थाई सरकारले अपराधको प्रकृति हेरी कैदीहरुलाई विभिन्न ५ जेलमा राख्ने गरेको छ।

अधिकांस नेपाली कैदीहरु लागु पदार्थ ओसारपसार समन्धी अपराधमा संलग्न भए बापत आजिबन काराबास भोगिरहेको उनीहरुलाई भेट्दा थाहा लागेको छ भने केहीले किंग पार्डन पाएर आफ्नो कराबास्लाई छोटयाउन सफल भएका छन। ढकालका अनुसार एन आर एन ए थाईलेन्डले राजदुताबाससंग समन्वय गरी कैदीहरुलाई बर्षमा ३ पटक भेट्ने कार्यतालिका तय गरेको छ ।

कैदीहरुसंगको कुराकानीबाट धेरै असिक्षित नेपाली युवाहरुलाई लागु पदार्थ ओसारपसारमा ठुला ठुला माफियाहरुले प्रयोग गरेको अनुमान अध्यक्ष ढकालको छ। कैदीहरूमा अधिकांस तामांग, गुरुङ र अन्य जनजातीहरुको ठुलो संख्या देख्दा उनीहरुको निर्दोशपनको फाइदा लिई यस्ता अपराधमा संलग्न गराउन माफियाहरु सफल भएको ठम्याई ढकालको छ। यसका लागि जनजातीसंग सरोकार राख्ने संस्थाहरुले थप चेतनामुलक कार्यक्रम गर्नुपर्ने र नेपाल सरकारले पनि यस्ता जोखिममा पर्ने समुदायलाई लक्षितगरि कार्यक्रम ल्याउनुपर्ने धारणा ढकालले दिएका छन्।।

Comment