Friday , December 15 2017
Home / Article / एनआरएनलाई अन्य सामाजिक संस्थाहरु सरह कर छुट दिन माग

एनआरएनलाई अन्य सामाजिक संस्थाहरु सरह कर छुट दिन माग

गैरआवासीय नेपाली संघ (एनआरएन) ले अन्य सामाजिक संस्थासरह आयकर छुट दर्ताको माग गरेको छ ।

safe_image

अर्थमन्त्री शङ्करप्रसाद कोइरालासँग अर्थ मन्त्रालयमा भेटी एनआरएन अध्यक्ष शेष घलेले संस्थालाई सामाजिक काममा प्रोत्साहन गर्न यस प्रकारको निर्णय आवश्यक भएको बताउनुभयो ।
गैरआवासीय नेपाली लगानीकर्तालाई दोहोरो कर प्रणालीबाट मुक्त दिन एकोहोरो कर प्रणालीका लागि सम्बन्धित देशसँग पहल गर्न आग्रह गर्दै अध्यक्ष घलेले नेपालमा आधिकारिक मार्गबाट लगानी र विप्रेषण भित्र्याउनेलाई सम्मान गर्नेको सूचीमा आपूmहरूलाई पनि समावेश गरिनुपर्ने बताउनुभयो ।
ँविश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि विशेष आर्थिक क्षेत्रको अवधारणा लागू गर्दा वैदेशिक लगानी भित्र्याउन थप आकर्षक हुने हुनाले यस कार्यमा सरकारले ध्यान दिन आवश्यक छ ।’ एनआरएनले सरकारलाई बुझाएको पत्रमा भनिएको छ यसरी स्थापना हुने विशेष क्षेत्रअन्तर्गत लगानीलाई प्रोत्साहन गर्ने नीति नियमको तर्जुमा गर्न आग्रह छ ।’
सो अवसरमा संघले खाडी तथा मलेसियामा मृत्यु हुने, अङ्गभङ्ग हुने तथा अलपत्र पर्ने नेपाली श्रमिकका लागि राहत कोषको स्थापना गरिएको र कोषमा एक करोड जम्मा भइसकेको जानकारी गराएको थियो ।
मन्त्री कोइरालाले गैरआवासीय नेपालीको लगानीलाई प्रोत्साहन गर्न सरकारले विधिवत् रूपमा दर्ता गरेको स्मरण गर्दै पूर्वाधार विकास र उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

Comment