Thursday , December 14 2017
Home / Article / एनआरएनद्धारा फिलिपिन्समा मानविय सहयोगको आग्रह

एनआरएनद्धारा फिलिपिन्समा मानविय सहयोगको आग्रह

NRN_20111014084742गैर आवासिय नेपाली संघ -एनआरएन)ले फिलिपिन्समा सुपर टाइफुन आंधीका कारण भएको जनधनको क्षति प्रति दुख ब्यक्त गर्दै सहयोगका लागि आग्रह गरेको छ । संघका नव निर्वाचित अध्यक्ष शेष घलेद्धारा जारी विज्ञप्ति अनुसार प्राकृतिक प्रकोपका कारण फिलिपिन्समा हजारौ मानिस घाइते र  बेघर भएका छन् ।

प्रकोप प्रवाहितहरुलाई खाना, कपडा, बासस्थान र औषधि उपचारको लगि तत्काल सहयोगको खांचो रहेको छ । एन आर एन फिलिपिन्स एन सि सिको पहलमा अहिले संसारभरबाट सहयोग संकलन भएरहेको छ । विज्ञप्ति अनुसार एन आर एन फिलिपिन्सका अध्यक्ष सुदर्शन खड्कालाई [email protected] मा सम्पर्क गरेर सहयोग पठाउन सकिन्छ ।

यसैविच सुपर टाइफुनबाट फिलिपिन्समा बसोवास गर्ने नेपालीहरु सुरक्षित रहेको पनि अध्यक्ष खड्काले जानकारी दिएका छन् । फिलिपिन्समा नर्सिङ, इन्जिनियरिङ र पाइलट विषमा अध्ययन गर्न नेपाली विद्यार्थीहरु जानेगरेका छन् ।

Comment