Sunday , November 19 2017
Home / Australia / एनआरएनको युरोप क्षेत्रिय सम्मलेन शुरु, नेपालमा लगानि भित्र्याउन जोड

एनआरएनको युरोप क्षेत्रिय सम्मलेन शुरु, नेपालमा लगानि भित्र्याउन जोड

गैरआवासीय नेपाली संघ(एनआरएन)को ७ औं युरोप क्षेत्रीय वैठक तथा पाचौं क्षेत्रीय महिला सम्मेलन स्पेनको वार्सिलोनामा सुरु भएको छ । युरोप क्षेत्रका गैरआवासीय नेपालीहरुको उलेख्य उपस्थीति रहेको बैठकमा यो क्षेत्रमा रहेका नेपालीका समस्या तथा अबसरबारे छलफल हुने छ । वैठकको उद्घाटन संस्थाका अध्यक्ष शेष घले, स्पेनसमेत हेर्ने फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ, संस्थापक अध्यक्ष उपेन्द्र महतो, नेपालका पूर्व मन्त्री एवं सभासद् डा. प्रकाशरण महत, पूर्व अध्यक्ष जीवा लामिछाने र संस्थाका संरक्षक रामप्रताप थापाले संयुक्तरुपमा गर्नुभयो ।ERM-spain

वैठकमा उपस्थीत गैरआवासीय नेपालीहरुलाई स्वागत गर्दै एनआरएन स्पेनका अध्यक्ष एकराज गिरीले स्पेनमा नेपाली राजदूतावासको स्थापना, डिर्पोटेसनमा पर्ने नेपालीहरुको समस्या लगायतका बिषयमा ध्यान दिन एनआरएन नेतृत्वलाई आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष शेष घलेले आफ्नो कार्यकालका लागि लक्षित एजेण्डा पुरा गर्न आफु अहोरात्र खटिरहेको बताउनुभयो । स्पेनमा नेपालको राजदूतावास आबश्यक रहेको भन्दै उहाँले त्यसका लागि नेपाल सरकारसँग पहल गर्ने र त्यसलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपालीहरुलाई बिदेशका सवै पेशा ब्यबसाय बन्द गरेर नेपालमा लगानी गर्न प्रोत्साहित नगर्ने भन्दै बिदेशको पेशा ब्यबसाय कायमै राखेर नेपालमा पनि लगानी गर्न आग्रह गर्नुभयो । निवर्तमान अध्यक्ष जीवा लामिछानेले संयुक्त लगानी लगायतका परियोजना एनआरएनको टेष्ट परिक्षा रहेको भन्दै त्यो पास गरेको रुपमा आफुले लिएको बताउनुभयो । आइतवार युरोप क्षेत्रीय महिला सम्मेलनसँगै घोषणापत्र जारी गरी युरोप क्षेत्रीय वैठक सम्पन्न हुने छ ।

 

Comment