Friday , December 15 2017
Home / Australia / एनआरएनए अष्ट्रेलियाले विराटनगरमा आधुनिक वृद्धाश्रम निर्माण तथा सञ्चालन गर्ने

एनआरएनए अष्ट्रेलियाले विराटनगरमा आधुनिक वृद्धाश्रम निर्माण तथा सञ्चालन गर्ने

सुरेश रेग्मी,
गैह्र आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले मोरङको विराटनगरमा स्थानीय निकायसँगको सहकार्यमा वृद्दाश्रम निर्माण तथा सञ्चालन गर्ने भएको छ । विराटनगर उपमहानगरपालिका वडा नंम्वर ११ मा स्थापना गरिने पाथिभरा जेष्ठ नागरिक श्रद्धाश्रम निमार्ण व्यावस्थापन र सञ्चालन गर्ने परियोजना सम्वन्धी हालै (पौष –२६ गते जनवरी १० तारिखका दिन) एनआरएनए अष्ट्रेलियार उपमहानगरपालिकाबीच सम्झौता भएको छ । mahendra oli
सम्झौता अनुसार उपमहानगरपालिकाले उपलब्ध गराउने जमिनमा परियोजनाको भवन तथा भौतिक पूर्वाधार निर्माण गरी सञ्चालनकालागि एनआरएनए अष्ट्रेलियाले अक्षयकोषको समेत स्थापना गर्नेछ । यो स्थानीय निकायसंगको सहकार्यमा सञ्चालनहुने गैह्रआवासिय नेपालीको सम्भवत अहिले सम्मकै पहिलो परोपकारी परियोजना हो । एन आर एन ए अष्ट्रेलियाका तर्फबाट अध्यक्ष महेन्द्र ओली र स्थानीय उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत प्रदिपकुमार निरौलाले हस्ताक्षर गर्नुभएको सम्झौतामा श्रद्धाश्रमकालागि आवश्यक जमिन विद्युत सडक तथा पानी उपमहानगरपालिकाले उपलब्ध गराउने छ भने भवन निर्माण तथा सञ्चालनमा एनआरएनए अष्ट्रेलियाले लगानी गर्नेछ ।
एन आर एन ए अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीका अनुसार श्रद्धाश्रम अन्तराष्ट्रिय मापदण्ड अनुसारको भौतिक पुर्वाधार सहित बनाउने सम्झौता भएको छ । सम्झौता अनुसार भुकम्प प्रतिरोधात्मक बनाईने भवनमा आधुनिक मनोरञ्जनात्मक कक्ष, पुष्तकालय ,बँगैचा निर्माण सँगै आधुनिक गाईपालन फार्म , एम्बुलेन्स लगायत सञ्चालन गर्ने अवधारणा रहेको छ । सम्झौतामा हस्ताक्षर भएपछि अध्यक्ष ओलीले विदेशमा रहेका नेपालीको रातदिनको पसिनाबाट जोगिएका रकम सहयोग जुटाएर एनआरएनए अष्ट्रेलियाले सो परियोजना निर्माणमा सहयोग गर्ने अवधारणा रहेकोले स्थानीय निकाय तथा स्थानीयवासी लगायत सबै पक्षलाई सहयोगको उचित सदुपयोग र हातेमालो गरी परियोजना सफल बनाउन आवहान गर्नुभयो ।1512533_641321595927297_302686795_n
प्हिलो चरणमा कम्तीमा ५० जना जेष्ठ नागरिकलाई सेवा पुर्याउने अवधारणा सहित सञ्चालन गरिने उक्त परियोजनाको प्रारम्भीक खर्चमात्रै कम्तीमा दुई करोड रुपैया लाग्ने अनुमान गरिएको एन आर एन ए अष्ट्रेलियाका परोपकारी (च्यारिटी) परियोजना कार्यक्रम संयोजक रमेश पाण्डेले जानकारी दिनुभएको छ । पाण्डेका अनुसार अक्षयकोष तथा दिर्घकालिनरुपमा दैनिक सञ्चालनका लागि आवस्यक रकम सहितको योजना एनआरएनए अष्ट्रेलियासँग आवद्ध विज्ञ र स्थानीय निकायका योजनाकारको सहकार्यमा सार्वजनिक गरिने छ ।
यसअघि पनि नेपालका विभिन्न विद्यालय तथा पुष्तकालय निर्माण तथा सञ्चालन लगायतका परोपकारी काममा महत्वपूर्ण सहयोग गर्दै आएको एनआरएनए अष्ट्रेलियाको हालसम्मकै महत्वकाँक्षी उक्त दिर्घकालिन परोपकारी योजना गुणस्तरिय जिवन जिउन पाउने अधिकार भएर पनि दुख पाएका वयोवृद्धहरुकोलागि कोषेढुङगा सावित हुने आशा लिईएको छ ।
परियोजनाकालागि भएको सम्झौता अनुसार श्रद्धाश्रम निर्माण भईसकेपछि एन आर एन ए अष्ट्रेलियाले र स्थानीय निकायको संलग्नतामा ब्यावस्थापन समिति मार्फत सञ्चालन गरिने छ । त्यासको लागि एन आर एन ए अष्ट्रेलियाले वैज्ञानिक तथा आधुनिक सेवा र सुविधा सहित अघि बढ्ने अवधारणा बनाएको छ । अवधारणा अनुसार अष्ट्रेलियामा कार्यरत सम्बन्धित पेशाकर्मीलाई विदामा नेपाल गएको बेला भोलेन्टीयर सेवा दिने व्यावस्था मिलाउँदै स्थानीय सेवाकर्मीलाई वैज्ञानिक तालिम सञ्चालन गरी दक्षता आदानप्रदान गर्ने योजना समेत रहेको एनआरएनए अष्ट्रेलियाका महासचिव भरत पोख्रेलले जानकारी दिनुभयो । 1560571_641320535927403_449995610_n
यसअघि नेपालीको स्वास्थ्योपचार तथा आपतकालिन सहयोगकालागि गत वर्ष देखि करिव २ करोड रुपैयाको अक्षय कोष स्थपाना गरेको गैह्र आवासिय संघ अष्ट्रेलियाले नेपालको स्वास्थ्य क्षेत्रमा नारी निकुञ्ज अष्ट्रेलिया मार्फत पाठेघर खस्ने रोग बाट पीडित नेपालका विपन्न महिलाको उपचारमा निरन्तर सहयोग जारी राखेको छ । यसैवीच नेपालमा बृद्धबृद्धाकालागि शुरु गर्न लागिएको अर्को महत्वकाँक्षी परोपकारी परियोजनाकालागि आवश्यक रकम जुटाउन ठोश कार्यक्रम समेत सार्वजनिक गर्ने तयारीमा एनआरएनए अष्ट्रेलियाका पधादीकारी लागिपरेका छन् । विराटनगरमा सञ्चालन गर्ने पाथिभरा श्रद्धाश्रमकालागि छिट्टै अष्ट्रेलियालतथा स्थानीय विज्ञसँग सल्लाहगरी परियोजनाकोलागि आवश्यक रकम जुटाउने अभियानमा सक्दोसहयोग गर्न अष्ट्रेलियामा रहनु भएका सम्पूर्ण सहयोगि तथा परोपकारी नेपालीहरुमा एन आर एन ए अष्ट्रेलियाले हार्दिक अनुरोध समेत गरेको छ ।

One comment

  1. great job n good news !!!

Comment