Monday , December 18 2017
Home / Australia / “एका” को दोस्रो अधिवेशन सम्पन्न

“एका” को दोस्रो अधिवेशन सम्पन्न

अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स (एका) को दोस्रो अधिवेशन अगस्ट १ तारिखमा सिड्नीमा सम्पन्न भएको छ।20140801_192919

अधिवेशनले विभिन्न प्रतिवेदनहरू पारित गर्नुका साथै दुई वर्षको लागि नयाँ कार्यसमिति पनि गठन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा विवेक थापा, उपाध्यक्षमा महेशसिंह भण्डारी र राम श्रेष्ठ र सचिवमा संजीव पाण्डे निर्वाचित भएका छन् ।

त्यस्तै सहसचिवमा क्रितु केसी, कोषाध्यक्षमा सन्दीप खनाल र सदस्यहरूमा शुभांसप्रसाद साह, मोनी लिम्बू, मातृका बिमली, कमल लामिछाने, दीपक अग्रवाल र पीआर अधिकारी निर्वाचित भएका छन्। उपाध्यक्षबाहेक अन्य सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए।

नवनिर्वाचित अध्यक्ष विवेक थापाले आफूलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिँदै संस्थाको उद्देश्यप्राप्तिमा नयाँ कार्यसमिति लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। “एका” अस्ट्रेलियमा शैक्षिक तथा आप्रवास सम्बन्धी परामर्श सेवा प्रदायकहरुको छाता संगठन हो । अधिवेशनमा सिड्नी र मेल्बर्नका गरी तीसभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Comment