Wednesday , December 13 2017
Home / Australia / एकल महिलाको शसक्तिकरणबारे अन्तर्क्रिया

एकल महिलाको शसक्तिकरणबारे अन्तर्क्रिया

13दक्षिणपूर्वी एसिया र प्यासिफिकका एकल महिलाको शसक्तिकरणबारेमा सिड्नीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नोभेम्वर १२ शुक्रवार बेलुकी यूनिभरसिटि अफ टेक्नोलोजी -(यूटिएस) मा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले दक्षिण एसियाका एकल महिलाका साझा सरोकारका विषयका बारेमा छलफल गरेका थिए ।

कार्यक्रममा दक्षिण एसिया र प्यासिफिकमा विधवा महिलामाथि विभेद गर्ने, सती प्रथ, द्धन्द्ध प्रभावित तथा कम उमेरका एकल महिलाका समस्याहरुका बारेमा छलफल भएको कार्यक्रम संयोजक अन्जना रेग्मीले सिमापारी डटकमलाई बताईन् । सेतो रिवन दिवस तथा महिलामाथि हुने हिासा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रममा अनुसन्धानकर्ता सारा कुक, न्यु साउथ वेल्स राज्यका लेजिस्लेटिभ काउन्सिल सदस्य सोफि कोटसिस्, एम पी तान्या डेभिस, विमेन ईन फिल्म एण्ड टेलिभिजन एन एस डब्लुकी उपाध्यक्ष ईसा अम्जाद, डा.व्राउनवेन डाल्टन, तथा एन आर एन आईसिसि सचिव रञ्जु थापाले एकल महिलाको शसक्तिकरणका विषयमा  बिचार राखेका थिए ।

1479309_719164898095001_1173895623_nयूटिएसमा एकल महिलाकै विषयमा विद्यावारिधि गरिरहेकी अन्जना रेग्मीले नेपालका एकल महिलाको विषयमा कार्यपत्र पेश गरेकी थिईन् । उक्त कार्यक्रमको उद्घाटन महावाणिज्यदुत दिपक खड्का र एन आर एन आईसिसिका प्रवक्ता मन के.सीले पानसमा बत्ती बालेर गरेका थिए भने कार्यक्रम संचालन बुल्सन लाम्गादे र जिना के.सी ले गरेका थिए । नेपाली समुदायका प्रतिनिधि र विश्वविद्यालयका विद्यार्थीको बाक्लो उपस्थिति रहको कार्यक्रममा डिजिटल कि प्रडक्सनका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Comment