Monday , December 18 2017
Home / Entertainment / ऋतु अष्ट्रेलियका सबै राज्यहरुमा प्रदर्शन हुने

ऋतु अष्ट्रेलियका सबै राज्यहरुमा प्रदर्शन हुने

सिड्नी/ अष्ट्रेलियमा सक्रिय युवाहरुको लगानि र निर्देशनमा तयार भएको चलचित्र ऋतु यहाँका सबै राज्यहरुमा प्रदर्शन हुने भएको छ । आउने मार्च ७ मा ग्लोवल प्रिमियर हुन लागेको ऋतु पहिलोपटक गोल्ड क्लासमा देखाइने भएको छ । सिड्नीको जर्ज स्ट्रिटमा रहेको इभेन्ट सिनेमा चार सो हुने बाँकी एक सो हर्सभिलको सिभिक थिएटरमा हुने निर्देशक मनोज अधिकारीले  बताए । “अहिले ब्यापक प्रचार प्रसारमा लागेका छौ” अधिकारीले भने “अष्ट्रेलियाका नेपालीको लगानि भएकाले यहाँका दर्शकको साथ अवस्यव पाउने आशमा छौ ।” चलचित्रलाई अन्य राज्यका शहरहरुम प्रदर्शको अधिकार पनि बिक्री भैसकेको छ । अहिले सम्म १७ वटा मुख्य तथा रिजनल शहरहरुबाट यो चलचित्र देखाउनकोलागि रुची देखाएको र धेरै स्थनमा सम्झौता पनि भैस्केको छ ।

ritu
चालचित्रको ९५ प्रतिसत भन्दा बढी सुटिङ अष्ट्रेलियामा भएको छ । पूर्व मिस नेपाल मलिना जोशी पहिलो पटक नायिकाको भुमिकामा यो चलचित्रबाट पार्दामा देखिदैछिन् । नायक राजबल्ल्भ कोइराला र नायिका रिमा विश्वकर्माले पनि यो चलचित्रमा निकै मेहनेत गरेका छन् । साथै अष्ट्रेलियका स्थानिय प्रतिभाहरु मन केसी, विष्णु न्यौपाने, बुल्सन लाम्गादे लगाएतको अभिनय रहेको छ
यहाँ स्थित एएलपी इन्टरनेन्मेन्टको ब्यानरमा नेपाली चलचित्र ‘ऋतु’ बनेको हो । जसको निर्माणमा हातेमालो गरिरहेका थिए अमेरिकी कम्पनी ‘प्लानेट थ्री फिल्म्स’ र नेपालको अपिल बिष्ट फिल्मले ।
सम्बृद्धिको प्यास बोकेका नेपालका युवा पुस्ताको संर्घष, हाँसो, रुवाई र सफलताका कथा समेटिएको चलचित्र ऋतुको एक पछि गर्दै गित र ट्रिलर सार्वजनिक सँगै दर्शकमाझ चलचित्र कस्तोहोला भनेर कौतुहलता बढिरहेको छ ।
फिल्मको कथा पहिलो पटक स्किृप्ट लेखन प्रतियोगिताबाट सन्दीप बडालले लेखेका हुन । बडाल काठमाण्डौंमा भएको फिल्म स्क्रिप्ट लेखन प्रतियोगितामा रनरअप भएका थिए । फिल्ममा चर्चति गजल गायक शिव परियार, हेमन्त राना, पप गायक सुदीप गिरीले संगीत दिनेछन भने अष्ट्रेलियामै रहेका साहित्यकार निष्प्रभ सजीले गीत लेखेका छन् । स्थानिय मञ्चमा हुने कार्यक्रमहरुको कोरियोग्राफिी गरेका भिमसेन गुरुङले चलचित्रमा कोरियोग्राफि गरेका छन् । अहिले अष्ट्रेलियामा चालचित्रको प्रदर्शनको लगि अष्ट्रेलियाको नेपलीपत्र र युथ फर चेन्ज वाइ एफ सी क्लवले साझेदारी गरिरहेका छन् ।1623653_428227910646476_1421279584_n

Comment