Monday , December 18 2017
Home / Australia / ऋतुको प्रिमियर आज; गोल्ड क्लास हाउसफुल

ऋतुको प्रिमियर आज; गोल्ड क्लास हाउसफुल

सिड्न/ अस्ट्रेलियाका नेपाली युवाहरुको लगानिमा बनेको चलचित्र ऋतुको प्रिमियर शो आज सिड्नीको इभेन्ट सिनेमामा हुँदैछ । साँझ ६ बजे इभेन्ट सिनेमामा नेपाली समुदायका अग्रजहरु, सिड्नीका नेपाली व्यवसायि र आम दर्शहरुको माझमा ऋतुको प्रिमियर शो हुन लागेको निर्देशक मनोज अधिकारीले सिमापारी डट कमलाई बताए । आजको शो को अधिकांश टिकट विक्रि भैसककेको छ भने शनिवार र सोमवारका शो हरुको टिकटको विक्रि पनि उत्साहपूर्ण रहेको अधिकारीले बताए । यसैगरि नेपलका चलचित्रघरहरुमा पनि आज देखि ऋतु लाग्दैछ । ritu gold 1

गोल्ड क्लास हाउसफुल

यसैविच चलचित्र ऋतुको विहिवार सिड्नीमा भएको गोल्डक्लास शो हाउसफल भएको छ । पहिलो पटक गोल्ड क्लासमा नेपाली चलचित्र हेर्न पाएकोमा सहभागिहरुले खुशी ब्यक्त गरेका थिए । इभेन्ट सिनेमाको २ वटा गोल्ड क्लास हलमा ऋतु देखाइएको थियो । बिहिवार साँझ सड्निीको नेपाली समुदायकी अग्रज इन्द्र वन, एनआरएन आइसिसिका सचिव रन्जु वाग्ले, प्रवक्ता मन के सी, ओसिनिया संयोजक विष्णु हमाल, एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली र अन्य पदाधिकारीहरुले ऋतु हेरेका थिए । यस्तै सिड्नीमा सक्रिय नेपाली ब्यवसायिहरु, समुदायायिक संस्थाका प्रतिनिधिहरु, चलचित्र अध्ययन गर्दै गरेका विद्यार्थी र निमार्ण टोलीका सदस्यहरु गोल्ड क्लास शो मा सहभागि भएको युथ फर चेन्ज (वाइ एफ सी ) क्लवका संस्थापक अध्यक्ष विजय पोखरेलले जानकारी दिए । चलचित्र हेरेपछि कथा, कालकारहरुको अभिनय र प्रविधिक हिसावले पनि ऋतुको सबैले प्रसंसा गरेका थिए । अस्ट्रेलियाबाट प्रकासन हुने पत्रिका नेपाली पत्र, वाइ एफ सि क्लव र अल्प फिल्मस्ले चलचित्र ऋतुको  प्रदर्शनको ब्यवस्थापन गरिरहेका छन् ।

दर्शकको प्रतिक्रिया पनि हेर्नुहोस्

Comment