Wednesday , December 13 2017
Home / Entertainment / ऋतुको ट्रेलर सार्वजनिक, मार्चबाट हलमा लाग्ने

ऋतुको ट्रेलर सार्वजनिक, मार्चबाट हलमा लाग्ने

सिड्नी/ अस्ट्रेलियामा बस्ने नेपालीको लगानिमा निमार्ण भएको चलिचत्र ऋतुको टे«लर सार्वजनिक भएको छ । करिव दुई मिनेट ३२ सेकेण्ड लामो यो ट्रेलरमा ऋतु परिवर्तनलाई मनव जीवनसँग तुलना गरेर देखाईएको छ । सिड्नी र ब्रिसवेका बिभिन्न स्थानमा सुटिङ गरिएकोनया“ नेपाली सिनेमा ‘ऋतु’ यही ७ मार्चमा नेपाल र अस्ट्रेलियामा एक्कै साथ प्रदर्शन हुने भएको छ । यो सिनेमा लगभग एक वर्ष लगाएर निर्माण गरिएको र नेपाली सिनेमामा स्किृप्ट लेखन प्रतियोगितामा दोस्रो भएको स्क्रिप्टलाई प्रयोग गरिएको थियो । सिनेमा अस्ट्रेलिया तथा नेपालका युवाहरुले तयार पारेका हुन् ।

मनोज अधिकारीले निर्देशन गरेको यो सिनेमामा अस्ट्रेलियाका सैलु आचार्य, अशोक गौतम र सुरज प्रधान अनि नेपालका अपिल बिष्टको संयुक्त लगानी रहेको छ । सिनेमाका लागि सिड्निीका सक्रिय कवि निस्प्रभ सजीले गीत लेखेका छन् । सिनेमामा राजबल्लव कोइराला, पूर्व नेपाल सुन्दरी मलिन जोशी र रीमा विश्वकर्माको अभिनय रहेको छ । वाइएफसी क्लब, नेपालीपत्र र मन केसीलगायतका थुप्रै अस्ट्रेलियाका बरिष्ठ व्यक्तित्वको सहभागितामा बनेको यो सिनेमाले रिलिज नहुँदै नेपाल, अस्ट्रेलियालगायत संसारभरका नेपालीमाझ चर्चा कमाइसकेको छ । ७ मार्चमा सिड्नीको जर्जस्ट्रीटमा रहेको इभेन्ट्ससिनेमामा विशेष प्रिमियर गर्न लागिएको र थप शो पनि इभेन्ट्समै गर्न लागिएको निमार्ण पक्षले जानकारी दिएका छन् । यो सिनेमालाई निर्माण कम्पनी आल्पइन्टरटेन्मेन्ट, नेपालीपत्र र वाइएफसी क्लबले संयुक्त रुपमा अस्ट्रेलिया भरी देखाउदै छन् ।

1233967_214286142094299_35995528_n

Comment