Friday , December 15 2017
Home / Featured News / उप निर्वाचनको तयारी शुरु

उप निर्वाचनको तयारी शुरु

संविधानसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले जेठ १ (बिहीबार)देखि उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन अधिकृतको कार्यालय राखेर काम सुरु गर्ने भएको छ।  प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले असार ८ गते हुने संविधानसभाको उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय खोलेर काम सुरु हुने जानकारी दिए। CA-building
असार ८ गते उपनिर्वाचन हुने काठमाडौं–२, कैलाली–६, वर्दिया–१ र चितवन–४ का लागि आयोगले मंगलबार निर्वाचन अधिकृत नियुक्त गर्ने प्रमुख आयुक्त उप्रेतीले जानकारी दिए। ‘जिल्ला निर्वाचन अधिकृतको लागि न्याय परिषदसँग उपनिर्वाचन हुने जिल्लाको न्यायाधिशको नाम मागेका छौं,’ उनले सोमबार नागरिकसंग भने ‘मंगलबार निर्वाचन अधिकृत नियुक्त गरेर ओरेन्टेसन दिन्छौं, विहीबारदेखि जिल्ला निर्वाचन अधिकृतको कार्यालय खोलेर काम सुरु हुन्छ।’पनिर्वाचनको व्यवस्था मिलाउन आयोगले मुख्य सचिव मार्फत नेपाल सरकारलाई १६ बुँदे निर्देशन दिइसकेको छ। आयोगले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मार्फत नेपाल सरकारका सवै निकायहरुलाई निर्वाचनको क्रममा हुने मोटरसाइकल तथा अन्य सवारी साधन मार्फत हुने र्‍याली रोक्न, आयोगको सहमति वेगर सरकारी कर्मचारीलाई निर्वाचन बाहेकका काममा खटाउन, बढुवा गर्न, सरुवा नगर्न, मतदाता र उम्मेद्धारको सुरक्षा प्रवन्ध गर्ने लगायतका व्यवस्था मिलाउन निर्देशन दिएको हो। आयोगले उपनिर्वाचन हुने क्षेत्रका शैक्षिक संस्थामा पठन पाठनको काम बन्द गर्ने व्यवस्था मिलाउन पनि भनेको छ।प्रमुख आयुक्त उप्रेतीले उपनिर्वाचनको लागि तयारीको काम धमाधम भैरहेको जानकारी दिए। ‘चार वटा क्षेत्रको मात्रै निर्वाचन हुने भएकाले त्यति समस्या छैन तर प्रक्रिया भने सवै पुरा गर्नुपर्छ,’ उनले भने ‘यो उपनिर्वाचनमा नेपालमा पहिलोपटक सवै उम्मेद्धार अस्विकृत गर्न पाउने विकल्प (राइट टु रिजेक्ट) को अभ्यास गर्दैछौं।’ उपनिर्वाचन हुने निर्वाचन क्षेत्रका १८ बर्ष उमेर पुगेका व्यक्तिले वैशाख मसान्तसम्म मतदाता नामावलीमा नाम लेखाएमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको छ।आयोगले उपनिर्वाचनका लागि जेठ ११ गतेदेखि जेठ १८ गतेसम्म उम्मेद्धारको मनोनयन पत्र दर्ता गर्ने लगायतका निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। हाल रिक्त रहेका काठमाडौं–२, कैलाली–६, वर्दिया–१ र चितवन–४ का लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्धारले मनोनयनपत्र दर्ता गर्न सक्नेछन्।

आयोगले मतदानको मिति भने असार ८ गते विहान ७ बजेदेखी दिउँसो ५ बजेसम्म तोकेको छ।

एकै व्यक्तिले दुई निर्वाचन क्षेत्रबाट जितेर एकठाउँबाट राजीनामा दिएकाले रिक्त भएपछि सो स्थानमा उपनिर्वाचन गर्नुपरेको हो। रिक्त निर्वाचन क्षेत्रमा काठमाडौं–२, कैलाली–६, वर्दिया–१ र चितवन–४ छन्। ति क्षेत्रबाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा, एमाले उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतम, र कांग्रेस सभापति तथा प्रधानमन्त्री शुशिल कोइरालाले राजीनामा दिएका थिए। मन्त्रीपरिषदको गत चैत २७ गते बसेको बैठकले असार ८ गते संविधानसभाको उपनिर्वाचन गर्ने निर्णय गरेको थियो।

- See more at: http://www.nagariknews.com/politics/story/17925#sthash.IwWm7ah3.dpuf

Comment