Friday , December 15 2017
Home / World / इरान परमाणु कार्यक्रम रोक्न सहमत

इरान परमाणु कार्यक्रम रोक्न सहमत

Foreign ministers in Geneva in second try to close Iran dealजेनेभामा चलिरहेको इरानी परमाणु कार्यक्रमबारेको वार्तामा इरानले परमाणुसम्बन्धी कार्यक्रम रोक्न सहमति जनाएको छ । केही दिनअघि जेनेभामा सुरु भएको वार्तामा इरानले आणविक कार्यक्रमबारे छानबिन गर्न थप खुकुलो हुने र युरेनियमसम्बन्धी काम रोक्ने सहमति जनाएको छ ।
यसलाई विश्वका विभिन्न देशले ठूलो उपलब्धि मानेका छन् । रसिया, अमेरिका, फ्रान्सलगायत देशका विदेशमन्त्री सम्मिलित वार्तामा इरानले परमाणु कार्यक्रम केही समयका लागि रोक्न तयार भएपछि ती देशले लगाएका विभिन्न प्रतिबन्ध पनि फुकुवा हुनेछन् ।

इरानमा जारी परमाणु कार्यक्रम विश्वकै लागि खतरा भएको पश्चिमा देशले आरोप लगाए पनि इरानले बारम्बार त्यसलाई खण्डन गर्दै आएको थियो । इरानले आफ्नो परमाणु कार्यक्रम रासायनिक हतियार बनाउन नभएर शान्तिपूर्ण कामका लागि चलाएको बताउँदै आएको छ ।

आइतबार सम्झौतामा हस्ताक्षर भएपछि इरानी राष्ट्रपति हसन रुहानीले सो सम्झौताले इरानको रासायनिक हतियार अधिकार संरक्षण गरेको बताएका छन् । उनले सम्झौताले विश्वले लिएको नकारात्मक टिप्पणीबाट छुटकारा मिल्ने बताएका छन् ।

सम्झौता भएपछि इरानमा हसनको समर्थन भएको समाचारमाध्यमले उल्लेख गरेका छन् । करिब एक महिनाअघि रुहानी इरानका राष्ट्रपति चुनिएपछि सो बैठकका लागि उनले पहल गरेका थिए । त्यही सन्दर्भमा कुरा गर्न उनी अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्न अमेरिका पुगेका थिए । ओबामाले केही समयपछि रुहानीलाई फोन गरेका थिए ।

सो टेलिफोन वार्तालाई ऐतिहासिक भनिएको थियो । रुहानी र ओबामाबीचको भेटले ३१ वर्षसम्मको इरान र अमेरिकाबीचको दूरीलाई कम गरेको विश्लेषण थियो ।

बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेपछि अमेरिकी विदेशमन्त्री जोन केरीले अब इरानलगायतका अन्य देश डरमा बस्नुनपर्ने बताएका छन् । उनले इजरायल र त्यसवरपरका देश लामो समय त्रासमा बसेको भन्दै अब सो क्षेत्रका देशमा शान्तिको पुनर्वहाली हुने विश्वास व्यक्त गरेका छन् । ँइजरायललगायतका देश त्रासमा थिए,’ उनले भने, ँयो सम्झौताले ती देश मात्र होइन, विश्वले शान्तिको प्रत्याभूति गर्न पाउनेछ ।’

उता, अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने इरानले सम्झौतापत्रमा हस्ताक्षर गरे पनि वाचा पूरा नगर्ने हो कि भन्ने आशंका व्यक्त गरेका छन् । उनले बुधबार भनेका छन्, ँइरानले सम्झौता उल्लंघन गर्न सक्ने भएकाले हामी होसियार हुनुपर्छ । यदि सम्झौता उल्लंघन भएमा त्यसको परिणाम अत्यन्तै नराम्रो हुनेछ ।’

Comment