Wednesday , December 13 2017
Home / Featured News / इराक भ्रमण नगर्न सरकारको अपील

इराक भ्रमण नगर्न सरकारको अपील

सरकारले इराकमा देखा परेको बिग्रदों सुरक्षा अवस्थाको अन्त्य नभएसम्मका लागि सर्वसाधारण नेपालीलाई त्यहाँ भ्रमण नगर्न अपील गरेको छ । परराष्ट्र मन्त्रालयले २ असारमा सर्वसाधारणका लागि अपिल जारी गर्दै इराकमा भ्रमण नगर्न भनेको हो । इराकमा रहेको नेपाली नागरिकलाई आफ्नो व्यक्तिगत सुरक्षाप्रति उच्च सतर्कता अपनाउन पनि मन्त्रालयले भनेको छ ।images

मन्त्रालयले आफू र आफ्ना निकटका कोही कुनै समस्यामा परेको जानकारी प्राप्त भएमा तुरुन्त नेपाली राजदूतावास इस्लामावाद वा नेपाली राजदूतावास कुवेत सिटीमा सम्पर्क राख्न आग्रह गरेको छ । सरकारले नेपाल राजदूतावास इस्लामावादको सम्पर्क नम्बर ००९२५१२६५५१३९, ००९२५१२६५५१८२, ००९२५१२६५५१८३, ००९२५१२६५५१८१ तथा फ्याक्स नं. ००९२५१२६५५१८४ र इमेल [email protected], [email protected],comsats.net.pk, [email protected] तथा नेपाली राजदूतावास कुवेत सिटीको सम्पर्क नम्बर ००९६५२५३३१६०३, ००९६५२५३२१६०४, ००९६५२५३२१६०५, फ्याक्स ००९६५२५३२१६०१, ००९६५२५३२१६२८ र इमेल [email protected], [email protected] जानकारी गराउन पनि सर्वसाधारणलाई भनेको छ ।

रासस

 

Comment