Monday , October 15 2018
Home / World / इराकमा गम्भीरस्तरको आपत्काल घोषणा

इराकमा गम्भीरस्तरको आपत्काल घोषणा

न्युयोर्क, (एजेन्सी)/संयुक्त राष्ट संघले इराकमा उच्चस्तरको आपत्काल घोषणा गरेको छ। इस्लामिक स्टेटका क⁄रपन्थीह ले उत्तरी इराकी क्षेत्रमा तीव्र पमा अगाडि बढिरहेकाले मानव अधिकारको अवस्था विकराल बन्दै गइरहेको हो।Mideast Iraq Protests
कुर्दिस अधिकारीले १ लाख ५० हजार शरणार्थीको ओइरोले दोहुक सहरको स्थिति अत्यन्त नाजुक बनेको जानकारी दिएको छ। संयुक्त राष्ट संघका विशेष प्रतिनिधि निकाल म्लादेनोबले तृतीयस्तरको आपत्काल घोषणा गरिएको र यसले अतिरिक्त खाद्य पदार्थ, पैसा र अन्य आधारभूत सामानह पठाउन सहज हुने जानकारी दिए।
सिन्जर पहाडीमा विस्थापितह को अवस्था गम्भीर बनिरहेको उनले बताए। तर अमेरिकाले सिन्जर पहाडीमा आश्रय लिएर बसेका हजारौं यजिदी समुदायका सदस्यलाई बचाउन कुनै प्रकारको उद्धार अभियान आवश्यक नभएको बताए। उक्त क्षेत्रमा अमेरिकी सैन्य सल्लाहकार अवतरण गरेको जनाइएको छ। त्यहा केही संख्यामा मात्र विस्थापितह को स्थिति कम खराब भएको पाइएको जनाइएको छ।
संयुक्त राष्ट संघले करिब १२ लाख इराकभित्रै विस्थापित भएको अनुमान गरेको छ। तीनवटा अन्य देशमा पनि यो स्तरको आपत्कालको घोषण गरिसकेको छ। ती देशह मा सिरिया, दक्षिणी सुडान र सेन्ट ल अफ्रिकन रिपब्लिक रहेका छन्।
सिरिया भिडन्तमा ५२ को मृत्यु
यसैबीच उत्तरी सिरियामा शृंखलाबद्ध गाउ ह कब्जा गरिरहेका इस्लामिक स्टेटका जिहादिस गको भिडन्तमा ५२ जना नागरिकको मृत्यु भएको अनुगमन समूहले जनाएको छ। जिहादीह सिरियाको दोस्रो ठूलो सहर अलेपो र टर्कीको सीमाबीचका ८ वटा गाउ नियन्त्रणमा लिइसकेको छ। छिमेकी इराकमा पनि इस्लामिक स्टेटका लडाकूह ले ठूलो भूभागमाथि नियन्त्रण कायम राखेको सिरियाली अब्जरभेटरी फर ¯युमन राइटले जनाएको छ।
तिनीह ले कम्तीमा विद्रोही समूहका ४० लडाकू मारेको र कम्तीमा ५० जनालाई हिरासतमा लिएको जनाइएको छ। उक्त भिडन्तमा कम्तीमा १२ जना इस्लामिक लडाकू मारिएको बेलायतस्थित उक्त मानव अधिकारवादी समूहले जानकारी दिएको छ।
आईएसले राका उपत्यका र दिर इजोरको युफ्रेटस उपत्यका करिब सम्पूर्ण भूभागमाथि यसअघि नै कब्जा गरिसकेको छ।

Comment