Sunday , November 19 2017
Home / Featured News / इराकमा अलपत्र परेका ४ नेपालीको उद्धार

इराकमा अलपत्र परेका ४ नेपालीको उद्धार

इराकको टिक्रिटमा अलपत्र परेका चार जना नेपालीलाई उद्धार गरी मंगलबार सुरक्षित स्थानमा पुर्‍याइएको छ। द्वन्द्वग्रस्त क्षेत्र टिक्रिटबाट उनीहरुलाई क्रिकुकहुँदै सुरक्षित स्थल अरबिल पुर्‍याइएको हो। रोजगारदाताकै सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा सारिएको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ।
  इराकको उत्तर–पश्चिम भूभागमा विद्रोही सुन्नी लडाकु र सरकारी सेनाबीच द्वन्द्व बढेपछि उनीहरु काम गर्ने ठाउँबाट भागी एकजना साथीको घरमा शरण लिन पुगेका थिए। उनीहरु काम गर्ने ठाउँमा एक्कासी सुन्नी विद्रोहीले आक्रमण गरेपछि उनीहरु त्यहाँबाट भागेका थिए। अरबील उत्तर इराकमा पर्ने भएपनि त्यहाँ द्वन्द्वको प्रभाव परेको छैन।
140115133502-iraq-car-bomb-story-topटिक्रिटकै एक अस्पतालमा लुकेर बसेका अन्य तीन नेपालीको भने अझै उद्धार हुन सकेको छैन। उनीहरुलाई पनि पहिला सुरक्षित स्थानमा सारी नेपाल फर्काउने प्रयास भइरहेको जनाइएको छ। त्यस्तै, केही दिन अघि सुन्नी विद्रोहीले अपहरण गरी चार दिनपछि मुक्त भएका चार नेपालीहरु त्यहींको एक होटलमा रहेका छन्। रोजगारदाताले उनीहरुलाई नेपाल फर्काउन आवश्यक कागजात मिलाउने कार्य गरिरहेको बुझिएको छ।
सरकारले इराकमा समस्यमा परेका नेपालीलाई उद्वार गर्न सहज होस भनी टोल फ्रि नम्बर, इमेल सञ्चालनमा ल्याए पनि ज्यादै थोरैले मात्र स्वदेश फर्कन चासो देखाएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले सम्पर्कमा आएका इराकमा रहेका नेपाली मध्ये ९० प्रतिशतलाई सरकार आफैले सम्पर्क गरेको हो भने बाँकी १० प्रतिशत कामदार र उनीहरुका आफन्तले।
‘ज्यादै सानो संख्याले मात्र नेपाल फर्कने इच्छा देखाएका छन्। फर्कन चाहने पनि आफ्नो इच्छा अनुसार दशैं आएपछि, विदा मिलेपछि मात्र फर्कने बताउने गरेका छन्,’ स्रोतले भन्यो।
यस्तै, इराकका लागि नेपालका विशेष प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनाली मंगलबार कुवेत प्रस्थान गरेका छन् । उनले कुवेतलाई मुकाम बनाई इराकमा समस्यामा परेका नेपालीको पहिचान गरी उद्वार प्रक्रिया सुरु गर्नेछन् ।

 

Comment