बग्दाद, (एजेन्सी) इराकको कट्टरपन्थी समूह आईएसआईएसका नेता अबु बकर अल बग्दादीले आफ्नो पहिलो भिडियो सन्देश जारी गर्दै मुसलमानहरूलाई उनको आदेश मान्न आग्रह गरेका छन्। इराक र सिरियाका थुपै्र भूभागमाथि कब्जा गरिसकेका उक्त जेहादी समूहले बग्दादीलाई आफ्नो खलिफा नियुक्त गरेको हो। उक्त भिडियो शुक्रबार उत्तरी इराकको मासुलस्थित अल नुरी मस्जिदमा प्रवचन दिइरहेको समयमा छायांकन गरिएको हो। बग्दादी एक हमलामा मारिएको वा घाइते भएको हल्ला चलिरहेको बेला उक्त भिडियो सार्वजनिक भएको हो।
यसैबीच इराकी अधिकारीहरूले इस्लामिक कट्टरपन्थी समूहका नेतालाई देखाउने उद्देश्यले सार्वजनिक भएको उक्त भिडियो सन्देशको सत्यताका लागि अध्ययन भइरहेको जनाएको छ। इस्लामिक स्टेट समूहका नेता बग्दादीको उक्त २१ मिनेट लामो उक्त भिडियोमा उत्तरी शहर मासुलको ग्रेटमस्कमा शुक्रबार खिचिएको जनाइएको अधिकारीहरूले बताए। बग्दादीका यो भिडियोलाई उक्त संगठनले प्रयोग गर्दै आइरहेको कम्तीमा दुईवटा वेब साइटमा सार्वजनिक गरेको थियो। इराकी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल क्वासिम अल मौसावीले आइतबार देशको सुरक्षा निकायले भिडियोमा बोलिरहेका व्यक्त अल बग्दादी हो वा होइन भन्ने प्रमाणीकरणका लागि उक्त भिडियोको विश्लेषण गरिहेको बताए। त्यसबाट आउने निष्कर्षका विषयमा सरकारले तथ्यहरू सार्वजनिक गर्ने उनले बताए।
करिब २० लाख जनसंख्या भएको देशकै दोस्रो ठूलो शहर मोसुललाई गत महिना अल बग्दादीको समूहले इराक र सिरियाका भूभाग मिलाएर इस्लामिक स्टेट ‘खालिफत’ स्थापनाको घोषणा गरेको पाँच दिनभित्र लडाकूहरूले कब्जामा लिएको थियो।