Tuesday , December 12 2017
Home / Entertainment / इभेन्ट सिनेमामा ६ एकान ६ चल्ने

इभेन्ट सिनेमामा ६ एकान ६ चल्ने

सिड्नीमा सर्वाधिक लोकपि्रय भएको चलचित्र ६ एकान ६ जर्ज स्टि्रटको इभेन्ट सिनेमा पनि प्रदर्शन हुने भएको छ । एजुकेसन पार्क र प्यासिफिक हिमालय मनि ट्रान्सफरको आयोजनामा आगामि मार्च २९ शनिवार सााझ ६:३० बजे यो चलचित्रको प्रदर्शन हुन लागेको हो । एजुकेसन पार्कका भुपाल सिटौलाका अनुसार दर्शकहरुबाट धेरै माग आएकाले इभेन्ट सिनेमाको ठूलो हलमा चालचित्रको प्रदर्शन हुन लागेको हो ।Untitled

यो चलचित्रकोे यसअघि सिड्नीमा भएका सबै शोहरु हाउसफुल भएका थिए । सिड्नी वाहेक बि्रसवेन, मेलवर्न, डार्विन, पर्थमा चलचित्रको प्रदर्शन राम्रो भएको छ । इभेन्ट सिनेमामा चलचित्र हेर्नको लागि प्रति टिकट २५ डलर मुल्य रहेको छ । हास्य र सामाजिक कथा बोकेको यो चलचित्रका अधिकांश कलाकारहरु हास्य व्यङ्ग्य क्षेत्रमा क्रियाशील छन् ।

Comment