Wednesday , December 13 2017
Home / Featured News / इन्डियन आइडल सन्दिप आचार्यको निधन

इन्डियन आइडल सन्दिप आचार्यको निधन

sandeep acharya3सन् २००६मा इन्डियन आइडलको दोस्रो सिजन जितेका सन्दिप आचार्यको गुड्गाउँ अस्पतालमा आइतबार निधन भएको छ | राजस्थानका २९ बर्षिय सन्दिप गएको २ हफ्तादेखि  जन्डिसबाट ग्रस्त थिए तर आफ्नो स्वास्थ्य स्थिति माथि गम्भीर ध्यान दिएका थिएनन् |उनलाई अन्तिम समयमा बिकानेर स्थित स्थानीय अस्पतालमा भर्ना गरिएको थियो | उनको अवस्था झन् बिग्रदै गएपछि भने उनलाई गुडगाउँको मेदान्त अस्पताल रेफर गरिएको थियो |

उनले अन्तिम सास बिहान ९ बजे लिए |उनलाई एक महिना अघि मात्र पुत्रीलाभ भएको थियो | उनको अन्त्येष्टि बिकनेरमा गरिनेछ | सोनु निगमले सन्दिपको निधनले आफु दुखि भएको ट्वीट गरेका छन् |

Comment