Monday , December 18 2017
Home / Nepal / आयोगले सरकारलाई ५७५ जना सभासद्को नाम बुझायो

आयोगले सरकारलाई ५७५ जना सभासद्को नाम बुझायो

निर्वाचन आयोगले संविधानसभा चुनावको अन्तिम नतिजा सरकार र संसद सचिवालयलाई बुझाएको छ ।index_html_2d0c7388

आयोगका सचिव नरेन्द्र दाहालले चुनावको समानुपातिक र प्रत्यक्षतर्फ विजयी सभासदहरुको नामावलीसहितको नतिजा मन्त्री परिषदको कार्यालयका सचिव लिलामणी पौडेल र संसद सचिवालयका महासचिव मनोहर भट्टराईलाई बुझाउनु भएको हो ।

अन्तिम नतिजा राष्ट्रप्रमुख र सरकार प्रमुखले प्राप्त गरिसकेपछि संविधानसभा बैठक बस्ने बाटो खुल्नेछ । कानुनी प्रावधान अनुसार राजपत्रमा परिणाम प्रकाशित मितिले २१ दिनभित्र संविधानसभाको बैठक आव्हान गर्नुपर्ने हुन्छ । आयोगले राष्ट्रपति डाक्टर रामवरण यादवलाई बिहीबार नै अन्तिम नतिजा बुझाएको थियो ।

Comment