Friday , December 15 2017
Home / Entertainment / आमिर खानले तोडे सलमान खानको रेकर्ड

आमिर खानले तोडे सलमान खानको रेकर्ड

Dhoom-3-amir-khanआज बाट रिलिज हुन लागेको आमिर खानको नया फिल्म धुम ३ ले सलमान खान अभिनित एक था टाइगरले कायम गरेको अग्रिम टिकट बिक्रीको रेकर्ड तोड्ने भएको छ | यो बर्षको बहुप्रतिक्षित फिल्म धुम ३ मा आमिर खान लगायत अभिषेक बच्चन, उदय चोपडा, ज्याकी श्राफ र कट्रिना कैफले अभिनय गरेका छन् |

धुम ३ को लागि मल्टिप्लेक्सहरुमा यसको टिकट मुल्यमा वृद्धि गरेतापनि यसको अग्रिम टिकट बिक्री अत्यन्तै उत्साहजनक छ | सोमबारबाट अनलाइन बिक्रि शुरु गरिएको धुम ३ को टिकट अहिले सम्म लगभग सबै बिक्रि भइसकेका छन् |

धुम ३ मा आमिर खान खलपात्रको भूमिकामा छन् | यस फिल्मको निर्माण यशराज फिल्म्सले गरेको हो भने निर्देशन र कथा बिजयकृष्ण आचार्यको रहेको छ |

सिड्नीमा धुम ३ होय्ट्स अन्तर्गतका सिनेमाहलमा रिलिज हुनेछ |

 

 

 

Comment