Tuesday , December 12 2017
Home / Featured News / आफ्ना नागरिकको जासुसी गर्न भारतले अमेरिकाको सहयोग लिने

आफ्ना नागरिकको जासुसी गर्न भारतले अमेरिकाको सहयोग लिने

नेसनल सेक्युरिटी एजेन्सी, अमेरिकाका पुर्व कर्मचारी एडवार्ड स्नोडेनले, अमेरिकाले अरु देशका अधिकारीहरु माथि जासुसी गर्ने गरेको खुलासा गरेपछि भारत लगायत अरु देशहरुले अमेरिकाको उक्त कार्यको ठुलै बिरोध गरेका थिए | अमेरिकाले जासुसी गर्ने गरेको थाहा पाएपछि अरु देशहरुले आफ्नो सुरक्ष्य संयन्त्र निकै चुस्त  बनाएका थिए |भारतले पनि आफ्ना कर तथा सुरक्षा अधिकारीले अदालती कागज बिनै सिधै फोन तथा इमेल माथि पहुच पाउने व्यवस्था गरेको थियो |

ब्लाक्बेरीको एन्क्रिप्टेड संदेशहरु भने भारतिय सुरक्षा अधिकारीहरुको बर्षौ देखिको टाउको दुखाईको बिषय रहेको छ  | अथक प्रयास गर्दा पनि भारतिय अधिकारिहरुले ब्लाक्बेरी संदेशहरुलाई डीक्रिप्ट भने गर्न सकिरहेका छैनन् | भारतिय अधिकारीहरुले ब्लाकबेरी निर्माता कम्पनि रिसर्च इन मोसनको भारतिय सेवा बन्द गर्ने चेतावनी पनि दिदै आएका छन् |

भारतीय सुरक्षा अधिकारिहरुले गत बर्ष ब्लाकबेरी संदेश पढ्ने जुक्ति पत्ता लाइसकेको भनेर दावी गरेपनि  धेरैले उक्त दावी बिश्वश्नीय नभएको भनेका छन् |तर अमेरिकाले भने ब्लाक्बेरी संदेश डीक्रिप्ट गर्ने प्रबिधिको बिकास २००९ मै गरिसकेको छ | त्यहि भएर भारतिय सुरक्षा अधिकारीहरुले अमेरिकाको सहयोग मागेको हुनसक्ने इकोनोमिक टाइम्सले जनाएको छ |

इकोनोमिक टाइम्सले  बुधबार भएको युएस-इन्डो पुलिस चिफ्स सम्मेलनमा छलफल भएको एजेन्डालाई उल्लेख गर्दै उक्त खुलासा गरेको हो |उक्त एजेन्डा अनुसार भारतिय सुरक्षा प्रणालीको लागि एन्क्रिप्सन-डेक्रिप्सन प्रविधिको आवश्यकता रहेको र अमेरिकाले प्रयोग गरिरहेको प्रविधिको क्षेत्रमा अमेरिकि संस्थासंग सहकार्य हुन सक्ने उल्लेख गरिएको छ |

 

Comment