Tuesday , December 12 2017
Home / Australia / आज महाशिवरात्री भजन सन्ध्या; स-परिवार सहभागिहुन अनुरोध

आज महाशिवरात्री भजन सन्ध्या; स-परिवार सहभागिहुन अनुरोध

सिड्नी/ नेपाली हिन्दु सोसाइटी अस्ट्रेलियाको आयोजनामा महाशिवरात्री भजन सन्ध्या आज तिन बजे देखि सांझ ७ बजे सम्म हुने भएको छ ।   ग्रेनभिल टाउन हलमा हुने यो आध्यात्मिक कार्यक्रमको सबै तयारी पुरा भैसकेको आयोजक मध्येकी एक पि्रती शर्माले सिमापारीडटकमलाई बताइन । शार्माले यो आध्यात्मिक कार्यक्रममा स परिवार सहभागिहुन सबै सिड्नीवासि नेपालीहरुलाई अनुरोध गरेकी छन् ।

पन्डित प्रकास डोढारीका अनुसार यो कार्यक्रममा गायक आशिष श्रेष्ठको स्वरमा शिव भजन प्रस्तुत हुने छ । साथै स्थानिय कालकारहरु राजेश केसी, मोक्षता , रतिश थापा, भिर चन्द, महर्श राभल, कृष्ण परियार, जय कुमार, आनन्द गिरीको स्वर तथा बाध्यवादनमा शिव भजन सुन्न पाइने छ ।

अष्ट्रेलियामा हिन्दु धर्म, परम्पराको संरक्षण गर्ने उद्देश्य राखेर समाजले मुख्य चाडपर्वहरुमा विषेश पुजा र भजन किर्तन गर्दै अएको छ । प्रवेश निशुल्क रहेको यो कार्यक्रम सम्बन्धि थप जानकारीको लागि प्रकास डोढारी ०४११८३९४४९ र प्रिति शर्मा ०४२१५५७५१९ लाई सम्पर्क राख्न सकिन्छ ।bhajan

Comment