Saturday , December 16 2017
Home / Featured News / आज पनि नेपाल पराजित

आज पनि नेपाल पराजित

क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १२ रनले पराजित गरेको छ ।

नेपालले निर्धारित ४१ ओभरको खेलमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । क्यानडाले बर्षा प्रभावित खेलमा नेपालविरुद्ब ९ विकेट गुमाउदै २५५ रन बनाएको थियो।

न्यूजिल्याण्डको ह्याग्ले ओभलमा भएको हार नेपालको प्रतियोगितामा लगातार चौथो पराजय हो ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले शानदान ब्याटिङ गर्दै ८६ रन बनाए तर अन्य खेलाडीहरुले भने जमेर खेल्न सकेनन् । प्रदिप ऐरीले २६ रन बनाए । बसन्त रेग्मीले २५ रन बनाएर नटआउट रहे ।

कप्तान पारस खड्का, शरद भेसवाकर र विनोद भण्डारीले समान १७ रन बनाए ।

यसअधि क्यानडाका लागि राजा उर रहमानले सर्वाधिक ८९ रन बनाए । ९ चौका प्रहार गरेका उनले जम्मा ८७ बल खेलेका थिए ।

प्रारम्भिक ब्याट्सम्यान नितिश कुमारले ५९ बलमा ५ चौका र २ छक्काका मद्दतले ६७ रन बनाएका थिए भने हाम्जा तारिकले ३४ रन बनाएका थिए ।

नेपालका सोमपाल कामीले ३ विकेट लिए पनि नेपालका लागि तेज बलिङ महँगो साबित भएको थियो । कामीले ८ ओभरमा ६४ रन र जितेन्द्र मुखियाले ५ ओभरमा ४७ रन खर्चेका थिए ।

बसन्त रेग्मीले २ एंव सागर पुन र शक्ति गौचनले १-१ विकेट लिए ।

Comment