Sunday , May 26 2019
Home / Sports / आज नेपाल अफगानस्तानसंग भिड्दै

आज नेपाल अफगानस्तानसंग भिड्दै

ट्वान्टी-२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार अफगानिस्तानको सामना गर्दैछ । जाहुर अहमद चौधरी स्टेडियममा नेपाली समय अनुसार सवा ३ बजेपछि हुनेछ। नेपाल र अफगानिस्तानबीच बिहिबार हुने खेलपछि प्रतियोगितामा अझै अघि बढ्ने नेपालको सम्भावना निकै साँघुरो छ किनभने दुवै खेल जितेर आयोजक बंगलादेश दोस्रो चरणको नजिक पुगिसकेको छ। नेपालसंग दोस्रो चरणमा पुग्न सक्ने अंक गणितीय आधार मात्र बाँकी छ।

 बिहिबार हुने खेलमा बंगलादेश हंगकंगसँग हारेमा र नेपालले अफगानिस्तानलाई जितेमा नेपाल दोस्रो चरणमा पुग्न सक्छ। बंगलादेशको चिट्टगोंगमा सञ्चालन भइरहेको प्रतियोगितामा समुह चरणको यो अन्तिम खेल नेपालको लागि अफगानिस्तानको आधिपत्य तोड्ने मौकाको हेरिएको छ।

एसोसियट राष्ट्रमा सबैभन्दा प्रभावकारी देखिदैं आएको अफगानिस्तान नेपाल विरुद्ध सधै हावी हुँदै आएको इतिहास छ। “हामी राम्रो खेल्नेबारे मात्र सोचिरहेका छौं, चार अंक लिएर खेल टुंग्याउने हाम्रो चाहना हो” पुवुदु दसानायके, नेपाली टोलीका प्रशिक्षक

ट्वेन्टी ट्वेन्टी विश्वकप तेस्रोपटक खेलिरहेको अफगानिस्तानलाई नेपालले विगत १० वर्ष देखि जित्न सकेको छैन। सन् २००४ मा नेपाल र अफगानिस्तानबीच पहिलो पटक एसीसी ट्रफीमा खेल्दा नेपालले विजय हात पारेको थियो। त्यसपछि खेलेको कुनै पनि खेलमा नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन। अफगानिस्तानको ट्वेन्टी ट्वेन्टी विश्वकपमा लगातार तेस्रो सहभागिता हो। उक्त टोली सन् २०१० मा पहिलो पटक टी-२० विश्वकपमा छानिएको थियो।

Comment