Saturday , December 16 2017
Home / Nepal / आज नेपालको भिडन्त डेनमार्क सँग

आज नेपालको भिडन्त डेनमार्क सँग

56478आइसिसी विश्व ट्वान्टी–२० छनोट यात्रामा आज नेपाल डेनमार्क सँग प्रतिष्पर्धा गर्दैछ | डेनमार्कलाई नेपाल यस अघिको संस्करणमा ९ विकेटले पराजित गरेको थियो | सो खेलमा शक्ति गौचनले पहिलो अन्तराष्ट्रिय ह्याट्रिक लिएका थिए | डेनमार्क प्रतियोगिताको कमजोर टोली मध्ये पर्ने भएकोले पनि नेपाल जीतले प्रतियोगिताको सुरुवात गर्नेमा बिश्वस्त छ |

अघिल्लो चरणको प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाउदा नेपालले सातौँ स्थानमा यात्रा टुंग्याएको थियो | बिगत २ बर्ष देखि नेपाली टिमको उच्च प्रदर्शन, कप्तान पारस तथा नेपाली ब्याटिंगले राम्रो लय समातेकोले नेपाली टोली शिर्ष ६ भित्र परेर बंगलादेशमा टि-ट्वान्टीमा सहभागी हुने सम्भावना बढेको हो| कोच पुबुदु दासनाएकेको आगमनले सधै कमजोर रहेको नेपाली ब्याटिंग अहिले उभो लागेको छ | जितेन्द्र मुखिया, सागर पुनको टोलीमा आगमन र अमृत भट्टराई लयमा फर्कनुले नेपालको बलिंग युनिट अझ सशक्त भएको छ |

नेपालका ओपनरहरु राम्ररी जम्न नसक्नु नेपालको प्रमुख कमजोरी हो | दिल्लीमा आयोजित अभ्यास खेलमा सागर पुनबाट ओपन गराउने प्रयास सफल भएको थिएन र प्रदिप ऐरी पनि ओपनरको भूमिकामा खासै चम्कन सकेका छैनन् | नेपालको अर्को प्रमुख कमजोरी भनेको ठुला टोलीसँग खेल्दा मनोबैज्ञानिक दबाब झेल्न नसक्नु हो | तसर्थ नेपालले दह्रो आत्मबल लिएर खेल्न जरुरि छ | नेपाल रहेको ग्रुपमा अफगानिस्तान, नेदरल्यान्ड र स्कटल्याण्ड जस्ता बलिया टोलीहरु पनि रहेकोले प्रत्येक खेल संगै अघि बढ्दै जानु पर्ने देखिन्छ | पहिलो दुई खेल डेनमार्क र केन्या सँग भएकोले नेपालले जितेर उच्च मनोबल साथ् बलिया टोलीसँग प्रतिस्पर्धा गर्ने राम्रो अवसर छ | आइसीसी ले स्कटल्याण्ड, नेदरल्याण्ड, अफगानिस्तान र बर्मुडा सँग हुने नेपालको म्याचको प्रतक्ष्य प्रशारण गर्ने छ |

Comment