Monday , December 18 2017
Home / Featured News / आज दास्रो संविधन सभा चुनाव

आज दास्रो संविधन सभा चुनाव

Election_Commission_Buldingपहिलो संविधानसभा विघटन भएको डेढ वर्षपछि मंगलबार बिहान ७ बजेबाट मुलुकमा दोस्रो संविधानसभाका लागि मतदान हुने भएको छ । सरकार र निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशभरि मतदानका लागि १० हजार १३ वटा मतदान केन्द्रहरु खडा गरिएका छन् । मतदान गर्न जाँदा निर्वाचनमा मतदाताहरुको मतदानको गोपनीयता र सुरक्षाको प्रयोजनको लागि कसैले पनि मतदान गर्ने स्थलमा क्यामेरा, मोबाइल लगायतका कुनै पनि विद्युतीय उपकरणहरु साथमा लैजान नपाउने निर्वाचन आयोगले आदेश जारी गरेको छ ।
चुनावका दिन मतदाताहरुलाई पनि गाडीमा ओसार पसार गर्न पाइँदैन । जिल्ला प्रशासनले अनुमति दिएका बाहेक अन्य यातायातका साधन चलाउन नपाइने भएकाले मतदाताहरु पैदलै हिँडेर नजिकैको मतदान केन्द्रसम्म पुग्ने र र्फकनुपर्ने हुन्छ ।
मतदान गर्ने दिन बिहान ५ बजेदेखि राति १२ बजेसम्म हवाई सेवा र निर्वाचन आयोग वा जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधनबाहेक अन्य कुनै पनि किसिमका सवारी साधन चलाउन नपाइने आयोगले आदेश दिएको छ । सुरक्षाको दृष्टिले सीमाक्षेत्रमा आवत-जावत गर्न नपाइने गरी सीमानाहरु सील गरिएको छ । स्थानीय प्रशासनले सवारीसाधन गुडाउन रोक लगाएपछि राजमार्ग पनि सुनसान बनेका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज विहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान प्रकृया शुरु हुनेछ ।

Comment