Thursday , December 14 2017
Home / Sports / आज टी- २० मा नेपाल बांगलादेशसँग भिड्दै

आज टी- २० मा नेपाल बांगलादेशसँग भिड्दै

आइतबार हंगकंगलाई विशाल अन्तरले पराजित गरेपछि उच्च मनोबल बनाएको नेपाली क्रिकेट टोलीले मंगलबार पहिलोपल्ट शीर्ष वरियता प्राप्त अर्थात टेष्ट खेल खेल्ने राष्ट्र बांगलादेशसंग प्रतिस्पर्धा गर्दैछ। मंगलबार साँझ बांगलादेशसंग उनीहरुकै घरेलु मैदानमा हुने २० ओभरको विश्वकप प्रतिस्पर्धा नेपालको लागि कठिन हुने मानिएको छ। तर पहिलो खेलमा शानदार प्रदर्शन गर्न सफल नेपालसंग आयोजक बांगलादेश सतर्क रहेको बताइएको छ।Nepali Cricket team

नेपाली समय अनुसार साँझ सवा ७ बजे चटगाउँस्थित जहारु अहमद चौधरी स्टेडियममा हुने खेल नेपालका लागि चुनौतीसँगै ठूलो अवसर समेत हो । नेपाली टोलीका कप्तान पारसले प्रि म्याच कन्फ्रेन्समा भनेका छन्–‘यो राम्रो चुनौती हुनेछ हाम्रो लागि । टेष्ट खेल्न राष्ट्रसँग क्रिकेट खेल्ने मौका हामीले हतपत पाउँदैनौं । सक्दो प्रयास गर्ने छौं राम्रो खेल्नका लागि ।’

पहिलो खेलमा चिरप्रतिद्वन्द्वी हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गरेको नेपाल बंगलादेशविरुद्ध भने दबावमुक्त हुनेछ । अघिल्लो चरण पुग्न जित्नै पर्ने खेल हो । तर, आफू समानको देशलाई हराएकाले नेपालको रणनीति रिजल्टभन्दा पनि बंगलादेशसँग कडा प्रतिस्पर्धा गर्ने प्रयास गर्ने हुनेछ । ‘रिजल्ट भन्दा पनि आफ्नो बलियो पक्ष के हो ध्यान दिने हो’ कप्तान पारसले भनेका छन् तुलनात्मक रुपमा बंगलादेश राम्रो हो । तर, यो क्रिकेट हो, जे पनि हुनसक्छ । विश्वास छ कि हामी राम्रो गर्न सक्छौं ।’

चटगाउँमा घरेलु टोली बंगालादेशका समर्थक ठूलो संख्यामा उपस्थित हुनेमा कुनै शंका छैन् । हङकङविरुद्धको खेलमा भने रंगशालामा नेपाली दर्शकहरुको बाहुल्यता थियो ।

तर, विश्वकपकै लागि बनाइएको यो स्टेडियममा बंगलादेशको पहिलो खेल हुनेछ भने नेपालले पहिलो खेलमा जित हात पारेको छ । ‘घरेलु मैदान भएपनि नेपालको पक्षमा छ । हाम्रो लागि भोलि नयाँ खेल हो’ बंगलादेशका कप्तान मुसफिकुर रहिमले भनेका छन् ।

पछिल्लो समय नेपालको खेललाई हेरिरहेको भन्दै उनले मंगलबारको खेललाई सिरियस रुपमा लिएको बताए । नेपालविरुद्धको खेल महत्वपूर्ण भएको भन्दै उनले भने–‘हामीले नेपालको अभ्यास खेल हरेका छौं । छनोट चरणका खेलको भिडियो फुटेज पनि हरेका छौं ।’

ट्वान्टी-२०मा नेपाल र बंगलादेशको यो भेट पहिलो हुनेछ  । अन्तराष्ट्रिय क्रिकेटमा नेपाल र बंगलादेशबीच अहिलेसम्म एक मात्र खेल भएको छ । सन् १९९६ मा भएको खेलमा नेपाल पराजित भएको थियो । उमेर समूहमा भने नेपालले जित हात पारेको छ । २००२ मा भएको यू–१९ विश्वकपको प्लेट च्याम्पियनको सेमिफाइनलमा नेपालले बंगलादेशलाई २३ रनले पराजित गरेको थियो । जुन खेलमा शक्ति गौचनले एक विकेट लिएका थिए । टोलीमा रहे पनि बसन्त रेग्मी प्लेइङ ११ मा परेका थिएनन् ।

टी–२० विश्वकपमा भने नेपाल र बंगलादेश दुबैले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले विश्वकपको डेब्यू खेलमा हङकङलाई ८० रनले हराएको छ भने बंगलादेशले अफगानिस्तानविरुद्ध ९ विकेटको फराकिलो जित हात पारेको छ । विश्वकपमा बंगलादेशले २००७ मा वेष्टइण्डिजलाई हराएयता पहिलो पटक जित हात पारेको हो ।

Comment