Wednesday , December 13 2017
Home / Featured News / आँखा झिम्क्याएर फोटो खिच्ने गुगल ग्लास

आँखा झिम्क्याएर फोटो खिच्ने गुगल ग्लास

Google's Sergey Brin wearing Google Glass at New York fashion week.परिक्षण मै रहेको गुगलले ल्याएको पछिल्लो प्रबिधि गुगल ग्लासमा अब आँखा झिम्क्याएर फोटो खिच्न सकिने भएको छ | गुगल ग्लास हेर्दा चस्मा जस्तै देखिन्छ तर यसमा इन्टरनेटको पहुँच हुन्छ जसले गर्दा समाचार, ट्विट्स , मौसमको जानकारी सजिलै हेर्न सकिन्छ | गुगल ग्लासको एप्सहरु बढ्ने क्रममा छ तसर्थ भविष्यमा गुगल ग्लासमा विभिन्न सेवा तथा सुविधाहरु थप हुनेछन |

गुगल ग्लासको पछिल्लो अपडेटमा आँखा झिम्क्याएर फोटो खिच्ने सुबिधा थपिएको हो | आँखा झिम्क्याउने लगायत अनुहारको अन्य भावहरुको पेटेन्ट अधिकार गुगलले यस अघिनै दर्ता गरिसकेको छ |

th21-1280-google-glass-macroगोपनियता तथा गुगल ग्लासको प्रयोगको कारणले भने खुला बजारमा नआउंदै यो प्रविधि विवादमा आइसकेको छ | अमेरिकी कांग्रेसले गुगल ग्लासको प्रयोगको बारेमा स्पस्ट पार्न गुगललाई पत्राचार समेत गरेको छ | कसैको अगाडी गएर आँखा झिम्क्याउनु लाई उचित नामानिए पनि गुगल भने यसको प्रयोगलाई लिएर चिन्तित भने छैन |google_glass_grey-580-90

गुगल ग्लास टिमले सार्वजनिक गरिएको बक्तब्यमा यस्तो भनिएको छ |

“हामीले फोटो खिच्ने बाट प्रविधिको सुरुवात गरेका छौ तर यो त सुरुवात मात्र हो सोच्नुस यसबाट कति धेरैकुरा सम्भब छ | कल्पना गर्नुस तपाई ट्याक्सी चढीरहनु भएको छ र मिटरमा उठेको पैसा तपाई आँखा झिम्क्याएको भरमा तिर्न सक्नुहुनेछ | तपाई पसलको झ्यालबाट आफुलाई मन परेको जुत्तामा आँखा झिम्क्याउनु हुन्छ र तपाइलाई चाहिएको साइज अनुसार त्यो जुत्ता तपाइको घरसम्मै आइपुग्छ | कुकबुक रेसिपीमा आँखा झिम्क्याउनु भयो भने र तपाईलाई चाहिएको जानकारी तपाइको सामु हुनेछ | बिना कुनै झन्झट | मजाको छ हैन त ? ”

बजार मुल्य १५०० अमेरिकी डलर पर्ने गुगल ग्लास सोझै भने किन्न सकिदैन यसको लागि गुगलको निमन्त्रण प्राप्त गर्नु पर्नेछ |

Comment