Wednesday , December 13 2017
Home / Australia / अस्ट्रेलिया ब्यापी नेपाली खेलकुद प्रतियोगिता सम्पन्न (स्कोर सहित)

अस्ट्रेलिया ब्यापी नेपाली खेलकुद प्रतियोगिता सम्पन्न (स्कोर सहित)

सिड्नी/ नेप्लिज रिक्रियसन क्लबले अस्ट्रेलियाका विभिन्न राज्यमा बसोवास गर्ने नेपालीहरुको सहभागितामा सिड्नीमा आयोजना गरेको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।1470043_10202745733265961_1180214840_n गल्फ, टेनिस, ब्याटमेनटन र टेवल टेनिसगरी चारवटा विधामा प्रतियोगिता भएको थियो । क्लवका अध्यक्ष विष्णु हमालका अनुसार ब्याटमेनटन र टेवल टेनिसका खेलहरु सिड्नी ओलम्पिक पार्कमा भएको थियो भने गल्फ र टेनिस चासवुड र नर्थ राइडमा भएका थिए । यो प्रतियोगितामा भागलिन भिक्टोरिया, क्विन्सल्याण्ड, नर्दन टेरिटोरी र राजधानी क्यानवेराबाट सहभागिहरु सिड्नी आएका थिए ।1509703_747815771914176_2073850980_n बिभिन्न उमेर समुहको आधारमा खेलाएको यो प्रतियोगिताको सबै खेलमा बालबालिका र महिला टोली पनि सहभागि भएको प्रतियोगिता संयोजक जविन श्रेष्ठले जानकारी दिएका थिए । प्रतियोगिताको अन्तिम दिन डिसेम्वर २९ मा पिटरश्याम टाउनहलमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । 942187_747817911913962_1148326977_nअस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बिभिन्न खेलकुद प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वितारण गरिएको थियो ।1477824_708222495865381_622617078_n विजयि खेलाडिहरुलाई राजदुत नेपाल र न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का बधाइ दिएका थिए । प्रतियोगिता २७ डिसेम्वर बाट शुरु भएर तिन दिन सम्म चलेको थियो ।1483345_10202745721105657_1289200409_nनेपालीहरुमा खेलकुदबाट एकता भातृत्व र सहकार्यबृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको एनआरसि अध्यक्ष बिष्णु हमालले सिमापारी डट कमलाई बताए । प्रतियोगिताका विजयी खेलाडीहरुको नाम निम्न अनुसार रहेको छ ।score

Comment