Wednesday , December 13 2017
Home / Australia / अस्ट्रेलिया घुम्न आएका अभिभावकको निधन

अस्ट्रेलिया घुम्न आएका अभिभावकको निधन

एडिलेट/छोरा बुहारीलाई भेट्न अस्ट्रेलियाको एडिलेट आएका भुवानी प्रसाद सापकोटाको हृदयघातका कारण निधन भएको छ । २७ जनावरी सोमवार छोरा बुहारी सँगै घुम्न निस्किएको समयमा ८१ वर्षिय सापकोटालाई हृदयघात भएको छोरा क्षितिज सापकोटाले सीमापारी डटमकलाई बताए ।

नेपालमा चितवनको खैरेनी गाविस वडा नम्बर ३ घर भएका सापकोटा एक महिना अघि कान्छो छोरा बुहारी र नाति नतिनीलाई भेट्न अस्ट्रेलिया आएका थिए ।

यसैबीच स्विर्गिय सापकोटाको शव आज नेपाल लैजाने तयारी भैरहेको दक्षिण अस्ट्रेलियाका लागि नेपाली बाणिज्यदुत दिपक धमलाले जानकारी दिएका छन् । “प्रहरीले शव परिक्षण पछि परिवारलाई बुझाई सकेकोले शुक्रवार नेपाल लैजाने तयारी भएको छ ।” धमलाले भने । “नेपालबाट अस्ट्रेलिया भ्रमणमा आउने अभिभावकहरुको स्वास्थ्य र जीवन बिमा नहुँदा कुनै अप्रिय घटना भयो भने उद्दारमा अफ्टेरो पर्छ।” अनिवार्य बिमा गर्न र सर्तहरु पढ्न धमलाले अनुरोध गरेका छन् ।

मृतकका छोरा क्षितिज सापकोटाले यो दुखद समयमा सहयोग गर्ने गैर आवासिय नेपाली संघ अस्ट्रेलिया, नेपाली बाणिज्यदुतको कार्यालय एडिलेट र सम्पूर्ण एडिलेट वासि नेपाली प्रति धन्यवादा ब्यक्ति गरेका छन् ।

Comment